• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    प्रदेश प्रहरी भर्नाको तयारी शुरू

  • वीरगंज संजाल
  • Feb 28, 2020, 7:03 am
  • ५१८७

    जनकपुरधाम  । प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी शुरू गरेको छ । संघीय सरकारले प्रहरी गठनसम्बन्धी आवश्यक कानून बनाएसँगै प्रदेश सरकारले प्रहरी भर्नाको तयारी गरेकोे प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । मन्त्री यादवको अनुसार प्रहरी भर्नाका लागि प्रदेश लोकसेवा आयोगले पाठ्यक्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ  भने मन्त्रालय विनियमावली र निर्देशिका तयारमा जुटेको छ । ‘सरकारले प्रहरी भर्नाका लागि विभिन्न तयारी गरिरहेको छ,’  उनले भने, ‘प्रहरी अधिकारी र सुरक्षा विज्ञसँग छलफल गरेर विनियमावली र निर्देशिकालाई छिट्टै टुंगो लगाइनेछ ।’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रहरी भर्नाका लागि पाठ्यक्रम र परीक्षाको मोडालिटीलाई अन्तिम रूप दिने काम भइरहेको बताए । आगामी फागुनसम्म भर्नाका लागि आवश्यक सबै प्रक्रिया टुंग्याउने बताइएको छ ।

     

     

    प्रदेश प्रहरी गठनका लागि चाहिने कानून संघीय सरकारले माघ २८ गते ल्याएसँगै प्रदेश प्रहरी भर्नाको बाटो खुलेको हो । संविधानले प्रदेशभित्रको शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिए पनि संघीय कानून नआउँदा लामो समयदेखि प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्न सकेको थिएन । यद्यपि, प्रदेश सरकारले संघीय कानून आउनु १ वर्षअघि नै प्रहरी ऐन ल्याएको थियो । प्रहरीको दरबन्दी निर्धारण र समायोजन गर्न ऐनले गृहसचिवको संयोजकत्वमा समिति रहने व्यवस्था गरेको छ । समितिको पहिलो बैठक बसेर भर्ना प्रक्रिया छिट्टै अगाडि बढाउने मन्त्री यादवले बताए । ऐन अनुसार नेपाल प्रहरीको दरबन्दीमा रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दर्जासम्मका प्रहरी अधिकारीहरू प्रदेश प्रहरीमा समायोजन हुने प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑