• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    बंगलादेशको जलमार्गमा नेपालको पानीजहाज चलाउने तयारी

  • वीरगंज संजाल
  • Feb 25, 2020, 3:37 pm
  • ३७७१

    काठमाडौं। भारतपछि नेपालले बंगलादेशको जलमार्ग प्रयोग गर्ने तयारी शुरू गरेको छ।पानीजहाज चलाउने नेपालको चाहनालाई मध्यनजर गरेर बंगलादेशले अवधारण-पत्र मागेपछि नेपालले तयारी शुरू गरेको हो।भारतीय स्थलमार्ग हुँदै बंगलादेशको चिलमारीदेख मंग्ला बन्दरगाहसम्म पानीजहाज सञ्चालन गर्ने नेपालको तयारी छ।भारतीय भूमि प्रयोग गरेर बंगलादेशको जलमार्गमा पानीजहाज सञ्चालनको सम्भाव्यता देखेपछि नेपाल सरकार त्यसको तयारीमा लागेको हो।

    आउँदो २०-२१ फागुनमा बंगलादेशको राजधानी ढाकामा नेपाल-बंगलादेश व्यापार वार्ता हुँदै छ। सोही वार्तामा पानीजहाज सञ्चालन गर्नेबारे नेपाल र बंगलादेशबीच थप छलफल हुने भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्यतर्फका सहसचिव नवराज ढकालले झापाको काँकडभिट्टाबाट फुलबारी र बंगलाबन्ध हुँदै चिलमारीसम्म सकडमार्गबाट र चिलमारीदेखि मंग्ला बन्दरगाहसम्म जलमार्गको प्रयोग गर्ने गरी अवधारणा-पत्र तयार पारिएको बताए।काँकडभिट्टादेखि बंगलाबन्ध नाकासम्मको दुरी ३८ किलोमिटर र बंगलाबन्धदेखि चिलमारीसम्मको दुरी २०३ किलोमिटर छ।

    वार्तामा चिलमारीबाट मंग्ला बन्दरगाहसम्म जलमार्ग हुँदै पानीजहाज चलाउने विषयमा छलफल हुने बताइएको छ।नेपाल-बंगलादेशबीच हुन लागेको व्यापार वार्ताका क्रममा नेपाली पक्षले प्रमुख ६ वटा निर्यातजन्य वस्तुलाई मूख्य अजेन्डा बनाएको छ। दुई दिनसम्म चल्ने उक्त वार्तामा नेपाली धागो, तरकारी, अमरिसो, चिया, अलैँची र हर्बल प्रडक्टको विषयमा गम्भिर छलफल हुनेछ।तर, बंगलादेशको जलमार्ग हुँदै पानीजहाज सञ्चालन गर्न नेपाल-भारत-बंगलादेशबीच त्रिपक्षिय सम्झौता आवश्यक पर्छ।यसअघि नेपालमा भएको बंगलादेशसँगको व्यापार वार्तामा त्रिपक्षीय पारवहन सम्झौताको प्रस्ताव गरिएको थियो।यद्यपि, भारत र नेपाल सरकारबीच तीन भारतीय जलमार्ग सञ्चालन गर्ने विषयमा सहमति भइसकेको छ।सहमतिपछि भारतीय जलमार्ग हुँदै तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुलेको छ।

    नेपालले भारतको कालुघाट, साहेबगञ्ज र वाराणसीको जलमार्ग प्रयोग गर्न सक्नेछ।त्यसैगरी, बंगलादेश हुँदै भारतीय जलमार्ग प्रयोग गर्ने विषयमा समेत छलफल हुने मन्त्रालयको स्रोतले बतायो।हाल भारत र बंगलादेशले गंगा नदीबाट तथा बंगलादेश-भारत-भुटानले ब्रह्मपुत्र नदीबाट पानीजहाज सञ्चालनमा ल्याइसकेका छन्।गत २८ कात्तिकमा नेपाल भ्रमणमा आएका बंगालदेशका राष्ट्रपति अब्दुल हमिदले नेपाल र बंगलादेशले भारतको गंगा नदी हुँदै पानीजहाज सञ्चालन गर्न सक्ने बताएका थिए।पानीजहाजसँगै त्रिदेशीय सडक यातायात र रेलमार्गको विषयमा समेत छलफल गरिने बताइएको छ।पाँच वटा वस्तुको निर्यात प्रमुख अजेन्डा

    नेपाल-बंगलादेश व्यापार वार्ताका क्रममा नेपाली पक्षले प्रमुख ६ वटा निर्यातजन्य वस्तुलाई मूख्य अजेन्डा बनाएको छ।दुई दिनसम्म चल्ने उक्त वार्तामा नेपाली धागो, तरकारी, अमरिसो, चिया, अलैँची र हर्बल प्रडक्टको विषयमा गम्भिर छलफल गरिने बताइएको छ।सचिवस्तरीय बैठकअघि हुने दुई देशको भन्सारस्तरीय बैठकमा नेपाल र बंगलादशेबीच धागो निर्यात खुलाउने सहमति हुने नेपाली अधिकारीहरुले बताएका छन्।हाल नेपालबाट बंगलादेशतर्फ एक्रेलिक धागोबाहेक अन्य धागोको निर्यात बन्द छ।

    बंगलादेशी बजारमा एक्रेलिक धागोको बजार न्यून छ। भन्सारस्तरीय वार्तापछि सचिवस्तरीय वार्तामा समेत नेपाली पक्षले धागो निर्यातको विषयमा थप छलफल गर्ने छ।यस्तै, धागोसहित अन्य वस्तुमा बंगलादेशले लगाउँदै आएको उच्च भन्सारदरलाई हटाउने विषयमा छलफल हुने छ।वार्तामा बंगलादेशले भने प्रान लिचि जुसको नेपाल निर्यात खुलाउने विषयलाई प्रमुख अजेण्डा बनाउने बताइएको छ।नेपाल र बंगलादेशका तीन सरकारी संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर (एमओयू) र काठमाडौंदेखि ढाकासम्म यात्रुबाहक वस सेवा सञ्चालन गर्ने विषय पनि अजेण्डाका रुपमा रहने मन्त्रालय स्रोतले बतायो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑