

बरा । सिकिन्द्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १०, टोल देवापुर टेटामा छठ पर्वको पावन अवसरमा GNJ द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मिथलेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय युवाहरू, बुद्धिजीवी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।



कार्यक्रममा स्थानीय युवा शनि यादव, सरकारी वकिल ऋतिक यादव, शिक्षक सुवेदी यादव, युवा विकास यादव, इन्जिनियर बृजकिशोर गुप्ता, पशु चिकित्सक मदन यादव, महिला राजनीतिक कर्मी ममता शर्मा, जग्गा प्रसाद यादव, बिसनाथ यादव, जय प्रकाश यादव लगायतले आ-आफ्नो मन्तव्य राख्दै गाउँ विकासका सन्दर्भमा कुराकानी गरेका थिए।
वक्ताहरूले पुरानो राजनीतिक संस्कार सुधार गरेर नयाँ प्रविधि र नयाँ सोचमा जोड दिनुपर्नेमा जोड दिएका थिए। यस टोलमा पहिलो पटक युवाहरूको माध्यमबाट यस्तो कार्यक्रम आयोजना गरिएको भन्दै सहभागीहरूले यसलाई सकारात्मक सुरुवातको रूपमा लिएका छन्।
कार्यक्रममा सहभागीहरूले एकअर्कालाई छठ पर्वको शुभकामना आदान-प्रदान गर्दै सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गरेका थिए।
बुद्धिजीवी, सञ्चारकर्मी तथा समाजसेवीको सहभागितामा कार्यक्रम शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।


