

पर्सा | राजन कुमार बानिया |SODCC पर्सा, People in Need, Accountability Lab Nepal र धोबीनी गाउँपालिकाको आयोजना तथा सहकार्यमा समावेशी शिक्षा र सुरक्षित विद्यालयसम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
धोबीनी गाउँपालिका–४ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले समावेशी शिक्षा, सुरक्षित विद्यालय तथा बालबालिकाको अधिकारलगायतका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।



प्रतियोगितामा रामसरन पटेल प्रथम, अब्दुल अन्सारी द्वितीय र नौसाद आलम तृतीय भएका छन्।
कार्यक्रममा Accountability Lab Nepal का दिपेश पटेल, धोबीनी गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र चौहान, SODCC पर्साका विशाल गुप्तालगायत विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले विद्यालयलाई सबै बालबालिकाका लागि सुरक्षित, समावेशी तथा बालमैत्री बनाउन शिक्षक, अभिभावक, स्थानीय सरकार, विद्यार्थी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
उनीहरूले समावेशी शिक्षाले सबै बालबालिकालाई समान अवसर प्रदान गर्ने भएकाले विद्यालयको शैक्षिक वातावरण सुरक्षित, भेदभावरहित र बालमैत्री बनाउन निरन्तर पहल गर्नुपर्ने बताएका थिए।


