• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

  • वीरगंज संजाल
  • Aug 22, 2026, 12:03 pm
  • ०

    सञ्चालनमा ल्याउने तयारी गरेको हेटौंडा कपडा उद्योगको निरीक्षण गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव उद्योग पुगेकी छिन्।

    शनिबार बिहान उद्योगको स्थलगत निरीक्षण तथा अवलोकन गर्न पुगेकी मन्त्री यादवलाई नेपाली सेनाका प्राविधिक टोलीले उद्योगको वर्तमान अवस्था, पुराना मेसिन तथा तानको मर्मतसम्भार र परीक्षण उत्पादनबारे जानकारी गराएको थियो।

    लामो समयदेखि बन्द रहेको उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीअनुसार नेपाली सेनाको प्राविधिक टोलीले उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणालीको मर्मत तथा पुराना मेसिन र तानको परीक्षण गर्ने काम गरिरहेको छ। गत साउनमा नेपाली सेनाको प्राविधिक सहयोगमा उद्योगमा प्रारम्भिक परीक्षण उत्पादनसमेत सफल भइसकेको छ।

     

    हेटौंडा कपडा उद्योग नेपालको पुरानो सरकारी औद्योगिक सम्पत्तिमध्ये एक हो। चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विसं २०३२ मा स्थापना भएको उद्योगले विसं २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर, बढ्दो प्रशासनिक खर्च, नयाँ प्रविधिमा लगानीको अभाव, विद्युत् आपूर्तिसम्बन्धी समस्या र अत्याधिक आन्दोलन र विदेशबाट आउने सस्तो कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग अन्ततः बन्द हुन पुगेको थियो।

    सरकारले यसअघि पनि पटक–पटक उद्योग पुनः सञ्चालन गर्ने योजना र अध्ययन गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन। यसपटक भने सरकारले उद्योग पुनर्जीवनलाई प्राथमिकतामा राख्दै नेपाली सेनालाई उद्योगका मेसिनको अवस्था अध्ययन, मर्मतसम्भार र परीक्षण उत्पादनको जिम्मेवारी दिएको छ। उद्योग पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक लगानीबारे थप प्राविधिक अध्ययनसमेत भइरहेको छ।

    सरकारको दीर्घकालीन योजना हेटौंडा कपडा उद्योगमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक पोसाक तथा अन्य कपडा स्वदेशमै उत्पादन गर्ने रहेको छ। यसका साथै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएर आयात प्रतिस्थापन, रोजगारी सिर्जना र मुलुकको औद्योगिक उत्पादन बढाउने लक्ष्य पनि राखिएको छ।

     

    पूर्ण क्षमतामा सञ्चालन हुँदा हेटौंडा कपडा उद्योगले हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिने र स्वदेशी कपडा उत्पादनलाई टेवा पुग्ने अपेक्षा सरकारले गरेको छ। उद्योगसँग पर्याप्त जग्गा र पुरानो औद्योगिक संरचना भए पनि आधुनिक मेसिन, थप लगानी, सुनिश्चित बजार र व्यावसायिक व्यवस्थापनबिना यसको दीर्घकालीन सञ्चालन चुनौतीपूर्ण हुने विज्ञ तथा व्यवसायीहरूको भनाइ छ।

    मन्त्री यादवले हेटौंडा कपडा उद्योगसँगै बन्द रहेका अन्य रुग्ण सरकारी उद्योगलाई पनि क्रमशः पुनः सञ्चालनमा ल्याउने सरकारको नीति रहेको बताउँदै आएकी छन्। हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल भइसकेकाले अब यसलाई व्यावसायिक उत्पादनतर्फ लैजान आवश्यक थप लगानी र कार्ययोजना तय गर्नु सरकारका लागि अर्को महत्वपूर्ण चरण हुने छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
  • गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    बाेर्डरमा कडाइ गरेपछि नेपाल तर्फका बजारका व्यपारीहरु खुशी चएका छन् : अर्थमन्त्री वाग्ले

    रसियाको युक्रेनमाथि भिषण आक्रमण कम्तिमा १८ को मृत्यु

    प्रधानमन्त्री बालेन मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध, हटाउन कति समय लाग्छ?

    समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता द्वारा स्व . बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीहरुलाइ खाना एवं आवश्यक सामाग्री सहयोग ।

    खाद्य स्वच्छता मापदण्ड उल्लंघन गर्ने मिठाई पसल, होटल र क्यान्टिनलाई १ लाख ३५ हजार जरिवाना

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    News

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    News

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑