• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सिमरामा ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए

  • वीरगंज संजाल
  • Aug 19, 2026, 4:44 pm
  • ०

    वीरगंज | सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा हत्यापछि प्रहरीसँग बालिका खोज्न भनेर खटिएका युवक समेत छन् । शव भेटिएपछि ‘कसले गरेछ हत्या ?, त्यसलाई जसरी पनि पक्राउ गर्नुप¥यो’ भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरेका व्यक्ति नै अहिले पक्राउ परेका छन् ।
    जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्न सोही पालिका–२ का सुमन थापालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

    मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरु गरेको थियो । त्यतिबेला थापा पनि घटनास्थलमै थिए । कुकुरले संकेत गरेपछि घटनास्थलबाटै सुमनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरीक्षक प्रकाश थापाले बताए ।

    सुमन वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन् । उनले काम गर्ने ना १ ज ७७५८ नम्बरको गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरेको छ । यद्यपि घटनामा आफ्नो मात्रै संलग्नता रहेको प्रहरी समक्ष सहचालक थापाले बताएका छन् ।

    मृतक बालिकाको घर नजिकै सुमनले काम गर्ने म्याजिक भ्यानका चालकको घर रहेकोले बालिका उक्त घरमा आउजाउ गर्थिन् ।

    आइतबार बिहानबाट बालिका बेपता भएपछि प्रहरीमा सूचना आएको थियो । खोजतलास भए पनि प्रहरीले बालिकाको हत्या भइसकेको अनुमान गर्न सकेन ।

    आइतबार बिहान सुमनले चालक प्रोग्रेस चौधरीको घरबाटै बालिकालाई हत्या भएको स्थानमा लगेको खुल्यो । प्रहरीसँगको बयानमा उनले बलात्कारपछि बालिका बेहोस भएको र आफू त्यहाँबाट फर्किएर पुनः चालक चौधरीको घरमै आएको प्रहरीसमक्ष बताएका छन् ।

    बेहोस भएपछि डोरीमा झुण्ड्याएर फर्किएको सुमनले बताएको एक प्रहरी अधिकृतले सुनाए । चालकको घरमा फर्किएका सुमनले दिउँसो फेरी गएर बालिकालाई कपडामा पोको पारेको बताएका छन् । बलात्कारपछि आफू नुहाएको र पछि गएर शव व्यवस्थापन उनको भनाइ छ ।

    मृतक बालिका जीतपुरसिमरा २ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन् । बालिकाको हत्यापछि परिवार विक्षिप्त छ । आमा मानमती चौधरी मंगलबारबाटै अर्धचेत अवस्थामा छिन् । बुधबार बिहान उनका आफन्त र स्थानीयबासी घरमा भेला भएका थिए । उनी बोल्न सक्ने अवस्थामा छैनन् ।

    आइतबार विहान करिब साढे ८ बजेबाट बेपता भएकी गरिमाको शव घरबाट २०० मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो ।

    गाउँको बीचमै रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले शव रहेको स्थानमा तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो ।

    हत्याको विरोधमा प्रदर्शन

    बालिकाको हत्याराको विरोधमा बाराको सिमरामा स्थानीयले प्रदर्शन गरेका छन् । ईलाका प्रहरी कार्यालय सिमरा अगाडि जम्मा भएका स्थानीयले बालिकाको बलात्कार र हत्यामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन् ।

    स्थानीयले बुधबार दिउँसोबाट सुरु गरेको प्रदर्शनका क्रममा दुई घण्टादेखि वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात अवरुद्ध भइरहेको छ ।सुनिल गाउँले /अनलाइनखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओली पथमा बालेन
  • रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्
  • साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति
  • तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओली पथमा बालेन

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति

    सिमरामा ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए

    तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग

    कांग्रेस संस्थापनइतर पक्ष फेरि अदालत जाने तयारीमा

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    ओली पथमा बालेन

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति

    सिमरामा ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए

    तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओली पथमा बालेन

    News

    रास्वपा सांसद अमरेश सिंहले भनेः छठपछि मधेसमा रास्वपाका सांसदहरुले कुटाइ खान्छन्

    News

    साजिदाले चिट्ठामा रमाउने भनेपछि आशिकाको नियमापत्ति

    News

    सिमरामा ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए

    News

    तीन वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑