
वीरगंज | – सांसदहरुले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छटानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
बैठकमा कांग्रेसकी सांसद डा. शाहजान खातुनले ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताइन्। उनले हाम्रो छोरीहरु कहाँ सुरक्षित छन् ? भन्दै सरकारलाई प्रश्न गरिन्।
सांसद खातुनले बलात्कारजस्ता जघन्य अपराधका घटनामा कानून बनाएर मात्र नपुग्ने भन्दै त्यसको कठोर कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताइन्।
रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा प्रहरी प्रशासनले लापरवाही गरिरहेको आरोप लगाए।
अन्सारीले घटना दर्ता भएपछि पनि प्रहरीले सक्रिय नहुनु गम्भीर विषय भएको बताए। सांसद अन्सारीले प्रहरीको एक्सन लग सार्वजनिक गरी दोषि प्रहरीमाथि कारबाही समेत माग गरे।
बाराको जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलवार एउटा घरको खाली कोठामा फेला परेको थियो ।
