
वीरगंज | खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
नेविसंघले विद्यार्थीको समस्या समाधानको माग गर्दै त्रिचन्द्र क्याम्पसमा मंगलबार विरोध प्रदर्शन गरेको हो ।
सहभागीले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर्’, ‘विद्यार्थीको समस्या समाधान गर्’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
