
नेपाल प्रेस युनियन पर्साका ११ औं जिल्ला अधिवेशन आगामी भदौंमा हुने भएको छ । शनिबार वीरगन्जमा बसेको प्रेस युनियन जिल्ला कार्यसमितिको बैठकले ११ औं जिल्ला अधिवेशन भदौं २७ गते आयोजना गर्ने निर्णय गरेको हो ।
युनियनको केन्द्रिय कार्य समितिले भदौं महिनाभित्रै जिल्ला अधिवेशन सम्पन्न गरिसक्न परिपत्र गरे अनुसार वीरगन्जमा शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले भदौं २७ गते जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानले जानकारी दिए ।
चौहानकै अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान ,कोषाध्यक्ष कपिलदेव यादव ,सदस्यहरु राकेश चौरसिया, हुकुमसिंह राजपुत,सन्जय गुप्ता लगायतकाको सहभागीता थियो ।
