• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आज क्रिसमस डे , क्रिसमसको शुभकामना! मेरि क्रिसमस!

  • वीरगंज संजाल
  • Dec 25, 2019, 5:48 am
  • १००९७

    विरगंज | आज भब्यताका साथ इसाई धर्मका अनुयाईहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरु हिउँसंग जोडिएका छन् ।

    इतिहास साक्षी छ, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या पैगम्बर मोहम्मद । आज भने इसाइ धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदीन हो ।

    विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

    इस्वि सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

    अङ्ग्रेजी पढ्दा हामी नेपालीहरु सबैले ए फर एप्पल बी फर बल गरि पढेका हौं, यसै क्रममा X for X-Mass Tree पनि पढेका छौं । चित्रमा सिँङ्गरिएको सानो धुपीकोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् । संयूक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरुको खरिद बिक्रि गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरु तयार हुनलाई कम्तिमा पनि १५ वर्ष लाग्दछ । चाडवाडमा परम्परागत रुपमा जनावरहरु मारेर खाने चलन मानव समूदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरु खानकालागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरुलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरुले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरु काटेर संख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।

    क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् । कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अँग्रेजी ह्याट पहरिएको हिउँ जम्मा पारेर बनाएको ‘Snow Man’ विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।

    चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, साैहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बिहरू छन् । वहाँहरु लगायत सबैकोलागि यो महान क्रिसमस रमाइलोहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
  • बाढी–पहिरो अपडेट
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    News

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    News

    बाढी–पहिरो अपडेट

    News

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑