वीरगन्ज । स्वास्थ्यकर्मी पुजा यादवले आफ्नो जन्मदिनको अवसरमा आज वीरगन्ज श्रीसिया स्थित मानवसेवा आश्रममा खाद्यान्न वितरण गर्नुभएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा अवस्थित बिजबनिय बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी पुजाले जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै मानव सेवालाई प्राथमिकतामा राख्दै खाद्यन्न वितरण गर्नुभएको छ ।
आफु स्वास्थ्यकर्मी भएर अरुको जीवन रक्षामा तल्लिन रहँदा जन्मदिनमा फुजुल खर्च भन्दा पनि दीनदुःखी असहायलाई खाद्यान्न प्रदान गरेर एक जनाको एक छाकको पेट भर्न सक्नुमा आफु खुसीको अनुभुति गरेको बताउनुभयो । सेवा नै धर्म हो, खुशिका लागि सेवा भन्ने उद्देश्य सहित आफ्नी छोरी अगाडी बढे्को र सामाजिक सेवाका काम गर्न पाउदा आफुलाई पनि अत्यन्तै खुशि लागेको पुजाकी आमा रजनी यादवले बताउनुभयो ।
सेवा नै धर्म भएकाले खाद्यन्न सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिदै मानव सेवा आश्रमका प्रतिनिधि दिपेश मानवसेवाले पुजाको उज्जवल भबिष्यको कामना गर्दै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो । उक्त अवसरमा नारायणी एफ.एमका रन्जित यादव, वीरगन्ज संजालका संचारकर्मी कृष्णा श्रीवास्तव, रामनिवास पटेल, शुशिल यादव लगायतको उपस्थिति रहेको थियो ।