• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ट्रयाक्टर र ट्रेलरमा वीरगंज महानगरको अनियमितता : बजारको मूल्य भन्दा एक करोड २० लाख बढीमा खरिद

  • वीरगंज संजाल
  • Aug 9, 2023, 8:57 am
  • ८२९

    वीरगंज । वीरगन्ज महानगरपालिकाले ३२ वटै वडाका लागि खरिद गरेको ट्रयाक्टर र ट्रेलरमा एक करोड २० लाख रुपैयाँ आर्थिक अनियमितता गरेको छ । गत आर्थिक वर्ष ०७९/८० मा भएको उक्त कारोबारमा आर्थिक अनियमितताका लागि महानगरले आपूर्तिकर्ता कम्पनी छनोटमै योजनाबद्ध चलखेल गरेको देखिन्छ । बजारमा दुई करोड ७२ लाखमा पाइने आइचर कम्पनीको ३२ ट्रयाक्टर(एक सिलिन्डर) र ट्रेलरलाई महानगरपालिकाले भने तीन करोड ९२ लाख भुक्तानी गरेको हो । वितरक कम्पनी स्रोतकै अनुसार उक्त ट्रयाक्टरको बजारमूल्य प्रतिथान सात लाख र ट्रेलरको डेढ लाख गरी कुल आठ लाख ५० हजार पर्छ । महानगरले भने प्रतिथान तीन लाख ७५ हजार बढी अर्थात् १२ लाख २५ हजारमा खरिद गरेको छ । महानगर स्रोतले पनि अनियमितता पुष्टि गरेको छ । इ–बिडिङमार्फत गरिएको ठेक्का बोलपत्रमा सुरुमा पाँच कम्पनीले आवेदन दिएकामा महानगरले प्राविधिक त्रुटि भएको भन्दै पुनः अर्को बोलपत्र आह्वान गरेको थियो, जसमा विना एग्रो इन्टरप्राइजेज प्रालिको मात्रै आवेदन परेको थियो । महानगरको यान्त्रिक तथा राजस्व शाखाका अनुसार पहिलोपटक २६ असोज ०७९ मा गरिएको इ–बिडिङमा खेसारी चन्द्र वर्णवाल, नेपाल ट्रेड एन्ड सर्भिस लिंक, तुलस्यान ट्रयाक्टर्स, अर्थ अटोबिल्स प्रालि र ओमनी अटो मोबाइल्सले आवेदन दिएका थिए । तर, मूल्यांकन समितिले उनीहरूको आवेदन प्राविधिक रूपमा ठीक नभएको भन्दै खारेज गरिदियो । त्यसपछि १४ चैत ०७९ मा दोस्रोपटक बोलपत्र आह्वान भयो । यसपटक पहिलोपटकका एउटै पनि कम्पनीले आवेदन दिएनन् भने पहिलोपटक आवेदन नै नदिएको वीरगन्ज– १८ (हाल १५) बाइपास रोडमा रहेको विना एग्रो इन्टरप्राइजेज प्रालिले मात्रै आवेदन दियो । र, मूल्यांकन समितिले त्यसैलाई सदर गर्‍यो । उक्त मूल्यांकन समितिमा महानगरको लेखा शाखाका अधिकृत रामकुमार कुसवाहा, यान्त्रिक तथा राजस्व शाखाका प्रमुख मनोज कर्ण, योजना तथा पूर्वाधार शाखाका प्रमुख वरिष्ठ इन्जिनियर अवधेशप्रसाद कुसवाहा र इन्जिनियर प्रकाश अधिकारी थिए । इन्जिनियर अधिकारीले पहिलोपटक पाँच कम्पनीले दिएको निवेदनमा उल्लेख गरिएका ट्रयाक्टरर ट्रेलर प्राविधिक रूपमा गुणस्तरीय नभएपछि खारेज गरिएको बताए ।

    समितिका इन्जिनियर प्रकाश अधिकारीले प्राविधिक रूपमा ठीक नभएपछि आवेदन खारेज गरिएको बताए । ‘आवेदन प्रक्रियामा मूल्यांकन समितिले सुरुमा प्राविधिक र त्यसपछि आर्थिक गरी दुई पाटोलाई हेर्छ । सुरुका पाँचवटै कम्पनीको निवेदन मूल्यांकन गर्दा उनीहरूले उपलब्ध गराउने भनिएका ट्रयाक्टरर ट्रेलर प्राविधिक रूपमा गुणस्तरीय देखिएनन् । महानगरले भनेको कोटेसनअनुसार आवेदन नपरेपछि बोलपत्र रद्द गरिएको हो,’ उनले भने । यान्त्रिक तथा राजस्व शाखा प्रमुख कर्ण र प्रमुख प्रशासकीय अधिकृत पौडेलले पनि समान जवाफ दिए । कर्णले सुरुमा महँगो ट्रयाक्टरर ट्रेलर वितरण गर्ने योजना बनाइएकोमा दोस्रोपटक कम गरिएको पनि दाबी गरे । ‘दोस्रोपटक एक मात्र कम्पनीले आवेदन दिएकाले सोही कम्पनीलाई छान्नुपर्ने अवस्था निम्तिएको हो,’ उनले भने, ‘खरिद प्रक्रियामा कुनै अनियमितता भएको छैन, सबै पारदर्शी नै गरिएको छ ।’ पहिलोपटकको बेलपत्रमा आवेदन दिएको तुलस्यान ट्रयाक्टर्सका सञ्चालक सन्दीप तुलस्यानले महानगरमा पदाधिकारीले योजनाबद्ध रूपमै गुणस्तरीयताको बहाना बनाएर आफ्नानिकटका व्यक्तिको कम्पनीलाई खरिद जिम्मा लगाउन पहिलो चरणको बोलपत्र रद्द गरेको आरोप लगाए । ‘मैले आफूलाई परेको मूल्यमा जम्मा २५ हजार नाफा राखेर ट्रयाक्टरर ट्रेलरको दररेट तोकेर आवेदन दिएको थिएँ, तर मूल्यांकन समितिले महानगरका पदाधिकारीको योजनाअनुसार निकटको कम्पनीलाई ठेक्का पार्न गुणस्तरीयताको विषय उठाई बोलपत्र नै रद्द गरिदियो,’ उनले भने, ‘योजनाबद्ध भएको बुझेपछि दोस्रोपटक आवेदन दिन उचित ठानिनँ ।’
    ट्रयाक्टरर ट्रेलरका लागि ठेक्का पार्नेदेखि वितरणसम्ममा मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आजम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र यान्त्रिक शाखा प्रमुख मनोज कर्णको योजनाबद्ध मिलेमतो रहेको महानगर स्रोतले जनायो । यस अनियमितताबारे बुझ्न खोज्दा उपमेयर इम्तियाज सम्पर्कमा आउन चाहेनन् ।

    वडामा आएको ट्रयाक्टर र ट्रेलरको मूल्य थाहा पाएपछि वडाध्यक्षहरूको एउटै स्वर– अनियमितता भएको बलियो आशंका छ

    वडामा ट्रयाक्टर र ट्रेलर वितरण गर्न महानगरले बोलपत्र खुलाएको वडाध्यक्षहरूलाई थाहा थियो । पहिलो आवेदन रद्द गरेको पनि थाहा थियो । तर, जब वडामा ट्रयाक्टर र ट्रेलर वितरण भयो, तब बजारमूल्य बुझ्दा अनियमितता भएको निष्कर्षमा पुगेका छन् । वीरगन्ज– २० का वडाध्यक्ष रामकिशोर सिंह पहिलो बोलपत्र नै रद्द गरेर दोस्रोपटक आवेदन खुलाउनु र त्यसमा एक मात्र कम्पनीको निवेदन पर्नुमा आर्थिक चलखेलको बलियो आशंका देखिएको दाबी गर्छन् । निकटका व्यक्तिलाई ठेक्का लगाएर महानगरबाट अनियमितता भएको त्यहाँका कर्मचारीबाटै सुन्न थालिएको उनको भनाइ छ । वडा नम्बर ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले महानगरपालिकाले वडालाई वितरण गरेको ट्रयाक्टर र टे«लरको खरिद मूल्य अस्वाभाविक रहेको बताए । उक्त कम्पनीको ट्रयाक्टर र ट्रेलरको मूल्य आधिकारिक सोरुममा बुझ्दा पनि थाहा हुने बताए । वीरगन्ज– २६ का वडाध्यक्ष शम्भु मिश्रले पनि बजारमूल्य बुझ्दा महानगरपालिकाले वितरण गरेको ट्रयाक्टर र ट्रेलरलाई १२ लाख २५ हजार पर्नु आश्चर्यजनक भएको बताए । वडा नम्बर २२ का वडाध्यक्ष द्वारिका महतोले महानगरले वितरण गरेको ट्रयाक्टर र ट्रेलरमा अनियमितता भएको आपूmले पनि सुनेको र यसबारेमा कार्यपालिका बैठकमा सोध्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑