• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

  • वीरगंज संजाल
  • Aug 8, 2023, 6:33 am
  • १३२९

    वीरगंज । आँखा पाक्ने रोग फैलन थालेपछि धमाधम विद्यालय बन्द भएका छन् । विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न थालिएको हो । स्वास्थ्य संस्थाहरूमा आँखा रातो हुने, पाक्ने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको छ ।आँखाका बिरामी बढेपछि चितवनका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । भरतपुर महानगर, रत्ननगरका सबै शिक्षण संस्था बन्द भएका छन् । भरतपुरमा सोमबारदेखि शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले बताए । रत्ननगरका शिक्षा अधिकारी बद्रीनारायण शर्माका अनुसार नगरभित्रका सबै विद्यालय बुधबारसम्म बन्द गरिएको छ । खैरहनी नगरपालिकाले गत शुक्रबार नै सूचना निकालेर रोग नियन्त्रणमा नआए बुधबारसम्म विद्यालय बन्द गर्ने जनाएको थियो । दुई साताअघि खैरहनीमा देखिएको आँखा पाक्ने रोग छिमेकी पालिकामा पुगिसकेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए । आँखा उपचार हुने जिल्लाको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालसहित यसका १४ वटा इकाईमा बिरामीको संख्या दोब्बर पुगेको छ । दैनिक करिब १२ सय बिरामी आउने मुख्य अस्पताल र सहायक केन्द्रहरूमा आइतबार २ हजार ३ सय ५७ जना आएको अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीले बताए । तीमध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने समस्या भएका व्यक्ति छन् । संक्रमण झनै बढ्न सक्ने भएका कारण सावधानी अपनाउन स्वास्थ्य कार्यालयले अपिल गरेको छ ।

    सातायता देखिएको आँखा पाक्ने रोग व्यापक भएपछि सोमबारदेखि धनकुटाका अधिकांश संस्थागत विद्यालय बन्द छन् । धनकुटा–६ स्थित बालसंसार बोर्डिङ स्कुलमा आइतबार एकै दिन एक सय बढी विद्यार्थी आँखा पाक्ने समस्याका कारण अनुपस्थित भएपछि आकस्मिक रूपमा बन्द गरिएको प्रिन्सिपल दिनेश अधिकारीले बताए । विद्यालय शुक्रबारसम्मका लागि बन्द गरिएको हो । तमोर भ्याली बोर्डिङ स्कुल पनि विद्यार्थीमा पनि संक्रमण देखिएपछि बन्द गरिएको छ । जोखिमको अवस्था हेरेर बिदा समायोजन हुने गरी बन्द गर्न सूचना गरेको नगरका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठले बताए । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र प्रमुख मोहन राईका अनुसार सात वटै पालिकाका विद्यालयमा प्रकोप देखा परेको छ । पछिल्लो समयमा डेंगी तथा आँखा पाक्ने समस्या बढ्दै गएकाले सजग रहन तथा औषधि व्यवस्थापनमा समन्वय गर्न पालिकाका शिक्षा शाखामा पत्राचार गरिएको स्वाथ्य कार्यालय प्रमुख गोकुल भण्डारीले बताए । ‘जहाँ प्रकोप बढ्दो छ, त्यहाँको अवस्थाका आधारमा विद्यालय बन्द गर्न पत्राचार गरिएको छ,’ भण्डारीले भने । शिक्षा निर्देशनालयका निर्देशक कृष्ण पोखरेलका अनुसार कोशी प्रदेशका सबै जिल्लाका विद्यालयमा आँखा पाक्ने समस्या देखिएको छ । उनले विराटनगर महानगरभित्रका विद्यालय पनि दुई दिन बिदा गरिएको बताए । धनकुटास्थित डा.रामप्रसाद पोखरेल आँखा अस्पतालमा एक सातादेखि दैनिक औसत एक सयभन्दा बढी बिरामी आँखा पाक्ने समस्या लिएर पुग्ने गरेका छन् । बिरामी बढ्दै जाँदा औषधि अभाव भएको अस्पतालले जनाएको छ । आँखा रातो हुने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको अस्पतालका डा. समीर चापागाईंले बताए । स्वास्थ्य कार्यालय प्रमुख गोकुल भण्डारीका अनुसार उक्त अस्पतालमा औषधि अभाव भए पनि बजारमा पर्याप्त छ ।

    सिन्धुलीको कमलामाई नगरपालिकाले पनि आँखा पाक्ने रोग फैलिन नदिन पाँच दिनका लागि विद्यालय बन्द गरेको छ । सिन्धुली अस्पताल परिसरमा रहेको सामुदायिक आँखा उपचार केन्द्रले दैनिक तीन सयसम्म बिरामी आँखा उपचारका लागि आउने गरेको जनाएको छ । सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार आँखा उपचार केन्द्र र अस्पताल दुवै ठाउँमा उपचार भइरहेको छ । धेरैजसो बिरामी मेडिकलतिर गइरहेका छन् । चिकित्सकसँग जँचाउन पालो पर्खिनुपर्ने भन्दै बिरामी मेडिकलतिर लागेका हुन् । कमलामाईका सबै विद्यालय सोमबारदेखि शुक्रबारसम्मका लागि बन्द गरिएको नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । विद्यार्थी–शिक्षकहरू आँखा पाक्ने रोगबाट ग्रसित भएकाले फैलिन नदिन विद्यालय बन्द गर्नुपरेको नगर प्रमुख पोखरेलको भनाइ छ । सिन्धुली अस्पताल तथा सदरमुकामका मेडिकलहरूमा तीन/चार दिनयता आँखा पाक्ने रोगको औषधि लिनेको भीड छ । नगरपालिकाले सरसफाइ, चस्माको प्रयोग र भीडभाडमा नजान अनुरोध गरेको छ । गोरखामा पनि एक सातायता आँखा पाक्ने रोगका बिरामी बढेका छन् । जाँचका लागि आएका मध्ये ६० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको छ । एक सातायता केन्द्रमा आँखा परीक्षण गराउन आएका ४ सय ९३ मध्ये २ सय ९५ जनामा आँखा पाक्ने समस्या देखिएको केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए । बिरामीमध्ये बढीजसो बालबालिका छन् । दुई सातायता पूर्वी नवलपरासीमा बिरामी बढेपछि दुई स्थानीय तहका विद्यालयमा चार दिन बिदा दिइएको छ । कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सोमबारदेखि चार दिनका लागि विद्यालय बन्द गरेका हुन् । जिल्ला अस्पतालका सूचना अधिकृत छवि सुवेदीका अनुसार जिल्ला अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी आँखाको समस्या लिएर आउने गरेका छन् । त्यसरी आउनेमा विद्यार्थी धेरै छन् । जिल्लाभरि यो रोगबाट हालसम्म ७ देखि ८ हजार जना संक्रमित भएको अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑