• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आँखा पाक्ने समस्या के हो, सावधानीका ८ उपाय

  • वीरगंज संजाल
  • Aug 3, 2023, 12:43 pm
  • १६५७

    वीरगंज । मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ । अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ । आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं । यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन । आँखा पाक्ने समस्या कुनै पनि उमेर समूहमा हुन सक्छ । र, एउटा वा दुवै आँखामा रोग देखिन सक्छ । आँखामा देखिने समस्या धेरै प्रकारका हुन्छन् । एलर्जिक, जीवाणु (ब्याक्टेरिया) र भाइरसका कारण आँखामा समस्या देखिन्छ ।

    जीवाणु कन्जंक्टिवाइटिस एउटा आँखामा हुन्छ तर कहिलेकाहीँ दुवै आँखामा पनि हुन सक्छ । आँखा पाक्दा आँखाबाट पिप जस्तो पदार्थ निस्किन्छ र बिहान उठ्दा आँखा खोल्न गाह्रो हुन सक्छ । परेली टाँसिएको अनुभव हुन्छ । यो समस्या अहिले जताततै देखिएको छ । एलर्जिक कन्जंक्टिवाइटिसमा आँखाबाट धेरै आँसु र पानी आउने अनि चिलाउने हुन्छ । कानको अगाडिको भाग (प्रि-ओरिकुलर लिम्फ नोड) सुन्निने र दुख्ने गर्छ । यो धेरै जस्तो मौसम परिवर्तनको समय वा धुलो-धुवाँका कारण हुने गर्छ ।

    आँखा पाकेमा ध्यान दिनुपर्ने विषय ः

    १) साबुन पानीले राम्ररी हात धुनुपर्छ ।

    २) आँखा सफा राख्नुपर्छ । आँखाबाट निस्केको पिप जस्तो पदार्थ सफा कपास वा नरम कपडाले समय-समयमा सफा गर्नुपर्छ र त्यसपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ ।

    ३) फोहोर कपडा वा लगाइरहेको लुगा, सारीको आँचल वा हातले आँखा पुछ्नु हुँदैन ।

    ४) दिनदिनै लुगा र चलाएको रुमाल फेर्नुपर्छ ।

    ५) आँखामा लगाउने शृंगारको प्रयोग गर्न बन्द गर्नुपर्छ ।

    ६) अरुको लुगा, रुमाल र आँखामा लगाउने निजी शृंगारको उपकरण एकापसमा प्रयोग गर्नु हुँदैन ।

    ७) आाफूखुसी औषधि प्रयोग गर्नु हुँदैन र आँखा विशेषज्ञलाई देखाउनुपर्छ ।

    ८) आँखा बेस्सरी मिच्नु हुँदैन । किनकि, यसो गर्दा कर्नियामा घाउ हुन सक्छ ।

    कहिलेकाहीँ आँखा पाक्ने मात्रै नभई अरु रोग जस्तैः युभेटिसले गर्दा पनि आँखा रातो हुन्छ, जुन उचित समयमा उपचार नगरिएको अवस्थामा गम्भीर रुप लिन सक्छ । जसका कारण आँखाको ज्योति गुम्ने खतरा पनि हुन सक्छ । त्यसैले आँखा रातो भएमा आफूखुसी औषधि प्रयोग गर्नुभन्दा आँखा विशेषज्ञलाई बेलैमा उत्तम हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
  • रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार
  • धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    News

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑