• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजको मुख्य नालामाथी बनेको क्लासिक होटल र कर्पोरेड बैंक भवन हटाउन ५ वटा डोजर चल्दै

  • वीरगंज संजाल
  • Jul 19, 2023, 8:06 pm
  • १६७७

    वीरगंज । वीरगञ्जको मुख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको क्लासिक होटल र कर्पोरेट बैंक रहेको भवन हटाउन डोजर लगाइएको छ । वीरगञ्ज सहरको मूख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको क्लासिक होटल मंलगबारदेखि हटाउन सुरु गरिएको र बुधबारबाट कर्पोरेट बैंक रहेको भवन पनि हटाउन थालिएको हो । महानगरपालिकाले मुख्य नाला माथि बनेको दुबै संरचना हटाउन बुधबार ५ वटा डोजर लगाएको छ । मुलुकी देवानी संहिता २०७४ को दफा ३०० को उपदफा १ को (क) बमोजिम परापूर्वकालदेखि रहेको घर जग्गा, ढल वा बाटो सार्वजनिक सम्पत्ति मानिने व्यवस्था बमोजिम मुख्य नाला माथि बनेको संरचना हटाउन डोजर लगाइएको महानगरले जनाएको छ ।

    पटक पटक सूचना दिँदा पनि अटेर गरि अवैध रुपमा निर्माण गरिएको संरचना नहटाएकाले बाध्य भएर महानगरले सार्वजनिक नाला माथिको संरचना हटाउन डोजर लगाउनु परेको महानगरपालिकाका मेयर राजेशमान सिंहले बताउनुभयो । महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ । ४० फिट चौडाईको मुख्य नालामाथि बनेको संरचनाका कारण वर्षातको पानी बग्न नसकी पूरा महानगर नै डुबानमा परि नगरवासीको तथा महानगरको जनधनको अपुरणीय क्षति पुग्ने अवस्था देखिएकाले अवैध रुपमा निर्माण गरिएका ती सबै संरचना हटाउन महानगरले अभियान नै चलाएको हो । यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाई सकेको छ । मालपोत ऐन २०३४ को दफा २४ मा सरकारी सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता वा आवाद गर्न गराउन नहुने र यदी कसैले कुनै पनि समयमा सरकारी,

    सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ भन्ने व्यवस्था छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २(क) १ को ‘ट’ मा नगरपालिकाको काम कर्तव्य र अधिकार अन्तर्गत अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार महानगरलाई दिएको छ । सोही अनुरुप महानगरले आदर्शनगरमा निर्माण भएको दुबै संरचना हटाउन डोजर लगाएको हो । अवैध संरचना खाली गराउन महानगरबाट गठित सार्वजनिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा टोली परिचालन भएको छ । टोलीमा नगर प्रहरीका साथै नेपाल प्रहरी, ससस्त्र प्रहरी तैनाथ रहेको छ । भवन हटाउने क्रममा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै बारुण यन्त्र, एम्बुलेन्स, विद्युत लगायतको टोली समेत सँगै तैनाथ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
  • भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    News

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑