वीरगंज । रामनिवास कुमार पटेल । वीरगन्जमा आइतबार बेलुकी राजनीतिक दल सम्बद्ध विभिन्न विद्यार्थी संगठनहरुले मशाल जुलुश निकालेका छन् ।
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र बारा जिल्लामा सारिएको विरोधमा नेविसंघ, अनेरास्ववियु, समाजवादी विधार्थी युनियन लगायतका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा मशाल जुलुश निकालेका हुन् । विद्यार्थी संगठनहरुले निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेर बल प्रयोग गर्दा चार जना विद्यार्थी नेताहरु घाइते पनि भएका छन् ।
घाइते हुनेहरुमा अनेरास्ववियुका जिल्ला सचिव पवन यादव , अनेरास्ववियुकै क्याम्पस इकाई उपाध्यक्ष अरमान हासमी , नेविसंघका बिटु पटेल र समाजवादी विद्यार्थी युनियनका हरि यादव रहेका छन् । उनिहरुको नारायणी अस्पतालमा उपचार गरिएको अनेरास्ववियुका जिल्ला सचिव पवन यादवले जानकारी दिए ।