वीरगंज । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ । बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर उनीहरुको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति आठ बजेतिर भएको घटनामा १० जना घाइते भएकामध्ये उपचारका क्रममा पाँच जनाको ज्यान गएको हो । अरु पाँच जना घाइतेहरुको उपचार भइरहेको छ ।
यस्तै, हिजो र अस्ति भारतको मुजफ्फरनगर जिल्लामा भएका छुटाछुटै गाडी दुर्घटनामा पनि चार जना बोलबम यात्रीको ज्यान गएको थियो ।