• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गोरखाको पृथ्वीनारायण मार्ग एक साताका लागि बन्द

  • वीरगंज संजाल
  • १२ असार २०८३, शुक्रबार ०९:५७
  • ५७

    वीरगंज | गोरखा सदरमुकामको ऐतिहासिक मार्ग अर्थात् पीएन रोड (पृथ्वीनारायण मार्ग) अन्तर्गत गोरखा बसपार्कदेखि ठुलो आँगनसम्मको सडक एक हप्ताका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सडक स्तरोन्नति तथा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन उक्त सडक खण्डमा सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोकिएको गोरखा नगरपालिकाले जनाएको छ।

    सडक बन्द भएसँगै दैनिक आवतजावत गर्ने सर्वसाधारण, स्थानीय व्यवसायी, विद्यार्थी तथा पर्यटकलाई केही असुविधा हुने भए पनि निर्माण कार्य समयमै सम्पन्न गरी सुरक्षित, व्यवस्थित र गुणस्तरीय सडक उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताउनुभयो।

    गोरखाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्य पुग्ने मुख्य सडक भएकाले यसको मर्मतसम्भार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन लागिएको उहाँले जानकारी दिनुभयो। निर्माण अवधिभर यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ।

    गोरखाको इतिहास र पहिचानसँग जोडिएको पृथ्वीनारायण मार्ग पर्यटकीय तथा सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण सडक हो। यही मार्ग हुँदै गोरखा दरबार, भीमसेन पार्क लगायत ऐतिहासिक तथा धार्मिक स्थलमा पुगिने भएकाले निर्माण सम्पन्न भएपछि थप सहज हुने अपेक्षा गरिएको छ।

    निर्माणस्थल वरपर अनावश्यक भीड नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै ऐतिहासिक पृथ्वीनारायण मार्ग मर्मतसम्भारपछि आवागमन थप सुरक्षित र आकर्षक हुने विश्वास गरिएको छ।

    भक्तपुरको जस्तै ढुंगा बिछ्याएर निर्माण भइरहेको यो सडकले गोरखा बजारको ऐतिहासिक मौलिकता र सांस्कृतिक सौन्दर्यलाई अझ उजागर गर्ने अपेक्षा गरिएको छ। परम्परागत स्वरूपमा संरक्षणसँगै पैदलयात्रीमैत्री, टिकाउ र व्यवस्थित सडक निर्माण भएपछि बजार क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार
  • रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति पाए मत ?
  • समाचार राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)
  • अन्तिम ३२ मा नेदरल्याण्ड्स र मोरक्कोबीच भिडन्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति पाए मत ?

    समाचार राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

    अन्तिम ३२ मा नेदरल्याण्ड्स र मोरक्कोबीच भिडन्त

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

    गोरखाको पृथ्वीनारायण मार्ग एक साताका लागि बन्द

    सुस्ताको ६० करोडभन्दा बढी बजेट, शिक्षा–स्वास्थ्य र कृषिमा जोड

    चोरी आरोपमा एक पक्राउ

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

    तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद

    कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति पाए मत ?

    समाचार राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

    अन्तिम ३२ मा नेदरल्याण्ड्स र मोरक्कोबीच भिडन्त

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार

    News

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति पाए मत ?

    News

    समाचार राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

    News

    अन्तिम ३२ मा नेदरल्याण्ड्स र मोरक्कोबीच भिडन्त

    News

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑