• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुस्ताको ६० करोडभन्दा बढी बजेट, शिक्षा–स्वास्थ्य र कृषिमा जोड

  • वीरगंज संजाल
  • १२ असार २०८३, शुक्रबार ०९:५३
  • ८५

    वीरगंज | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राखेर कुल ६० करोड ३२ लाख ७८ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

    प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार गाउँपालिकाको १९औँ गाउँसभामार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो। प्रस्तुत कुल बजेटमध्ये गाउँपालिकाले चालु खर्चतर्फ ३७ करोड ३१ लाख ७८ हजार रुपियाँ विनियोजन गरेको छ भने विकास निर्माण तथा पूर्वाधारतर्फ (पुँजीगत खर्च) २३ करोड १ लाख रुपियाँ अनुमान गरिएको छ।

    गाउँपालिकाको बजेटको मुख्य स्रोतमा सङ्घीय सरकारतर्फ वित्तीय समानीकरण अनुदान १२ करोड ६ लाख, सशर्त अनुदान ५ करोड ६१ लाख, विशेष अनुदान १ करोड ५ लाख र समपूरक अनुदान १ करोड ५ लाख रुपियाँ रहेको छ। यस्तै, राजस्व बाँडफाँटबाट ११ करोड ५९ लाख ५१ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ।

    प्रदेश सरकारतर्फ समानीकरण अनुदान ८१ लाख ७४ हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदान २० लाख र समपूरक अनुदान ७५ लाख रुपियाँ प्राप्त हुने अनुमान छ। साथै, राजस्व बाँडफाँटतर्फ १ करोड ३ लाख ५१ हजार रुपियाँ र आन्तरिक स्रोतबाट १ करोड ५ लाख रुपियाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

    नीति तथा कार्यक्रमका मुख्य आकर्षण
    ‘सुस्तालाई चिनौँ र चिनाऔँ’ अभियान र शैक्षिक सुधार
    शिक्षा क्षेत्रलाई थप गुणस्तरीय बनाउन ‘सुस्तालाई चिनौँ र चिनाऔँ’ अभियान अन्तर्गत कक्षा ५, ८ र १० का परीक्षालाई थप व्यवस्थित बनाउने नीति लिइएको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा उत्कृष्ट कार्य गर्ने शिक्षकलाई पुरस्कृत गरिनेछ। साथै ‘विद्यालयमा बढाऔँ, विद्यालयमै पढाऔँ’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ।

    ‘विदेश हैन व्यवसाय’ र युवा स्वरोजगार
    ‘खेलसँगै जीवन हिँडाउँछु, पालिकालाई देशभर चिनाउँछु’ भन्ने नाराका साथ खेलाडीहरूलाई प्रोत्साहन गर्ने नीति लिइएको छ। युवालाई स्वदेशमै रोक्न ‘विदेश हैन व्यवसाय’ अभियानअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी सीपमूलक तथा रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

    स्वास्थ्य क्षेत्रः १० शय्याको अस्पताल र सामाजिक सुरक्षा
    स्वास्थ्यतर्फ वडा नं. २ मा निर्माणाधीन १० शय्याको अस्पतालको बाँकी काम अघि बढाइने भएको छ। ‘छोरी सुनौलो भविष्य’ कार्यक्रमलाई निरन्तरता दिँदै पालिकालाई पोषणमैत्री बनाउने, कुष्ठरोग तथा क्षयरोगका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने र ज्येष्ठ नागरिक स्वास्थ्य शिविरलाई प्राथमिकता दिइनेछ। सामाजिक सुरक्षाअन्तर्गत ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट’ र ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमलाई निरन्तरता दिइनेछ।

    कृषिः दूधमा आत्मनिर्भर र किसानलाई अनुदान
    ‘दूधमा आत्मनिर्भर, निर्यातमा प्रवर्द्धन’ भन्ने नारासहित पशु सुत्केरी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। ‘कृषि उत्पादनमा वृद्धि, सुस्ताको समृद्धि’ अभियानअन्तर्गत किसानलाई उन्नत बीउबिजन, कृषि अनुदान तथा प्राविधिक ज्ञान विस्तारमा जोड दिइनेछ।

    पर्यटन, खानेपानी र ‘उज्यालो सुस्ता’ अभियान
    पर्यटन क्षेत्रतर्फ ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ। पूर्वाधार तथा खानेपानीतर्फ ‘एक घर एक धारा’ अभियानमार्फत स्वच्छ खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाइएको छ।

    त्यस्तै, ‘हाम्रो सुस्ता, उज्यालो सुस्ता’ अभियानअन्तर्गत वडा नं. १ देखि ५ सम्मका सार्वजनिक तथा संवेदनशील स्थानमा सडक बत्ती (स्ट्रीट लाइट) जडान गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार
  • रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति पाए मत ?
  • समाचार राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)
  • अन्तिम ३२ मा नेदरल्याण्ड्स र मोरक्कोबीच भिडन्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति पाए मत ?

    समाचार राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

    अन्तिम ३२ मा नेदरल्याण्ड्स र मोरक्कोबीच भिडन्त

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

    गोरखाको पृथ्वीनारायण मार्ग एक साताका लागि बन्द

    सुस्ताको ६० करोडभन्दा बढी बजेट, शिक्षा–स्वास्थ्य र कृषिमा जोड

    चोरी आरोपमा एक पक्राउ

    भेनेजुएलामा शक्तिशाली भूकम्पले अहिलेसम्म ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

    तस्करीको एक करोडको बीउसहित ५ वटा गाडी सशस्त्र प्रहरीले गर्‍यो बरामद

    कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति पाए मत ?

    समाचार राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

    अन्तिम ३२ मा नेदरल्याण्ड्स र मोरक्कोबीच भिडन्त

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कलाकर्मीलाई सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार

    News

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति पाए मत ?

    News

    समाचार राससद्वारा विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

    News

    अन्तिम ३२ मा नेदरल्याण्ड्स र मोरक्कोबीच भिडन्त

    News

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑