• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०८३, शनिबार १२:३३
  • ४९

    वीरगंज | रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले जेलेन्स्कीको व्यवहारको आलोचना समेत गरेका छन् ।

    सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा शुक्रबार भएको छलफलका क्रममा रूसी नेता पुटिनले जेलेन्स्कीको पत्रबारे टिप्पणी गरेका थिए। जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र पठाउँदै युद्धविरामका लागि भेट्न आग्रह गरेका थिए।

    जेलेन्स्कीले पत्रमा पुटिनको उमेर, रूसको सङ्कटग्रस्त अर्थतन्त्र र बढ्दो सैन्य क्षतिको चर्चा गरेका थिए। उनले पत्रमा लेखेका थिए, “२६ वर्ष सत्तामा रहेपछि उमेरले आफ्नो असर देखाउन थाल्छ। समयसँगै तपाईंप्रतिको नैराश्यता झन् बढ्दै जानेछ।”

    पुटिनले त्यसको जवाफ दिँदै आफ्नो उमेरको आलोचनाको प्रतिवाद गरे। उनले भने, ‘उनले मेरो उमेरको कुरा उल्लेख गरेका छन्। केही विश्व नेताहरू मभन्दा पनि जेठा छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईं आफ्नो काम राम्रोसँग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने हो।’

    पुटिनले आफूले वार्ता कहिल्यै अस्वीकार नगरेको दाबी गरे। तर त्यसका लागि उचित तयारी हुनुपर्ने उनको भनाइ छ। पुटिनले गत वर्ष अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सहमतिलाई मुख्य आधार बनाएका छन्। उक्त सहमतिमा युक्रेनले डोनबास क्षेत्र छोड्नुपर्ने उल्लेख भएको बताइन्छ।

    युक्रेनले भने यसको विरोध गर्दै पत्रमा लेखेको छ, ‘हामीले सुन्यौँ कि तपाईंलाई अलास्कामा युक्रेन र युरोपका केही मुद्दाहरू समाधान गर्ने आश्वासन दिइएको थियो। तर तपाईं देख्न सक्नुहुन्छ, युक्रेनी र युरोपेली मुद्दाहरूको निर्णय एन्कोरेजमा हुँदैन।’ क्रेमलिनले युक्रेनलाई आफ्ना चारवटा क्षेत्रबाट सेना हटाउन माग गर्दै आएको छ।

    पुटिनले युक्रेन मात्र अहिले वार्तामा इच्छुक रहेको बताए। युक्रेनले रूसी आक्रमण रोक्नका लागि मात्र वार्ता चाहेको उनको दाबी छ। उनले आफ्ना सैनिकहरूलाई उत्प्रेरित गर्दै भने, ‘काम जारी राख ।’

    पुटिनको यस्तो भनाइपछि जेलेन्स्कीले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरे। विज्ञप्तिमा उनले रूसले पुनः युद्ध नै रोजेको बताएका छन्। जेलेन्स्कीले भनेका छन्, ‘दुर्भाग्यवश, रूसले फेरि युद्ध रोजेको छ। उनी यो युद्ध अन्त्य गर्नै चाहँदैनन्। यो कमजोर प्रतिक्रियाबाट धेरै जना निराश हुनेछन्।’

    जेलेन्स्कीले अब रूसमाथि थप आर्थिक दबाब बढाउनुपर्ने उल्लेख गरेका छन्। युक्रेनले रूसको युद्ध कोषमा क्षति पुऱ्याउन त्यहाँका तेल रिफाइनरीहरूलाई निशाना बनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा SEE उत्कृष्ट विद्यार्थी सम्मानित
  • रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
  • काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु
  • पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा SEE उत्कृष्ट विद्यार्थी सम्मानित

    रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

    काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु

    पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    प्राइभेट भिल्ला पार्टीको नाममा युवती ‘किनबेच’ !

    शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा SEE उत्कृष्ट विद्यार्थी सम्मानित

    रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

    काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु

    पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा SEE उत्कृष्ट विद्यार्थी सम्मानित

    News

    रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

    News

    काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु

    News

    पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

    News

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑