• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विद्युत् व्यापार, प्रसारण र वितरण निजी क्षेत्रलाई खुला, तर उत्पादनमै कडाइ

  • वीरगंज संजाल
  • Sep 15, 2023, 2:28 pm
  • ३९३

    वीरगंज । सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापार, प्रसारण र वितरण गर्न दिने प्रस्तावसहित ‘विद्युत् विधेयक, २०८०’ संघीय संसद्मा पेस गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत उक्त विधेयक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले बुधबार संघीय संसद्मा दर्ता गरेका हुन् । उक्त विधेयकअनुसार निजी क्षेत्रले सरकारबाट अनुमति लिएर प्रसारणलाइन निर्माण तथा सञ्चालन गर्न तथा विद्युत् वितरण पनि गर्न सक्नेछन् । साथै, स्वदेशी तथा अन्तरदेशीय विद्युत् व्यापार पनि गर्न सक्नेछन् । विधेयकअनुसार विद्युत् प्रसारण, वितरण र व्यापार गर्ने लाइसेन्सको अवधि २५ वर्षको हुनेछ । हाल विद्युत् व्यापार, वितरण र प्रसारणमा सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको एकाधिकार छ । यो प्रस्तावसहित विधेयक पारित भएमा प्राधिकरणको एकाधिकार तोडिनेछ ।
    निजी क्षेत्रले पहिलादेखि विद्युत् व्यापार, वितरण र प्रसारणको जिम्मा दिन माग गर्दै आएका थिए । तर, प्रचलित कानुनमा व्यवस्था नहुदाँ सरकाले त्यो सम्बोधन गर्न सकेको थिएन । सरकारले गरेको यो प्रस्ताव स्वागतयोग्य भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपमहासचिव प्रकाश दुलालले बताए । ‘हामीले पहिलादेखि नै व्यापार, प्रसारण र वितरणको पनि अनुमति दिन माग गरेका थियौँ ।

    त्यो माग ऐनमार्फत नै सम्बोधन हुँदै छ । त्यो स्वागतयोग्य छ,’ उनले भने, ‘यसको सफल कार्यान्वयन हुनुपर्छ ।’यद्यपि, सरकारले पनि यसअघि पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने गरी दुईपटक संसद्मा विद्युत् विधेयक दर्ता गरेको थियो । यसअघि ०५८ र ०७७ मा संसद्मा दर्ता भएको विधेयकमा यो प्रस्ताव थियो । तर, संसदीय प्रक्रियाबाट दुवैपटक उक्त विधेयक पारित भएन । साथै, गत असोजमा अध्यादेश नै ल्याएर निजी क्षेत्रलाई विद्युत् व्यापारमा खुला गर्ने तयारी गरिए पनि राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएन । सोही कारण अहिले विद्युत् व्यापारसँगै प्रसारण र वितरणमा समेत निजी क्षेत्रलाई खुला गर्ने प्रस्तावसहित विधेयक संसद्मा दर्ता हुँदै गर्दा पनि विश्वस्त नभएको इप्पान उपाध्यक्ष आशिष गर्गले बताए । ‘यसअघि पनि दुईपटक संसद्मा विधेयक दर्ता भएको थियो । तर, पारित भएन । अध्यादेश ल्याउँदासमेत भएन । यसपालि पनि त्यस्तो नहोला भन्न सकिन्न,’ उनले भने, ‘तसर्थ, सरकारले यसलाई उच्च प्राथमितामा राख्नुपर्छ । होइन भने अर्काे विकल्पमा खोज्नुपर्छ । किनकि, विद्युत् व्यापारका लागि निजी क्षेत्र ऐन नै कुरेर बस्ने अवस्थामा छैन ।’

    खुला प्रतिस्पर्धाबाट लाइसेन्स दिने
    सरकारले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा भने कडाइ गरेको छ । यसअघि निजी क्षेत्रले आफैँ आयोजना पहिचान, सर्वेक्षण र डिजाइन गरी निर्माण गर्न सक्ने व्यवस्था थियो । तर, अब निजी क्षेत्र आफैँले पहिचान गरेर आयोजना बनाउन सक्नेछैनन् । किनकि, विधेयकमा खुला प्रतिस्पर्धाबाट आयोजनाको लाइसेन्स दिने व्यवस्था छ । त्यसका लागि सरकारले नै आयोजनाको पहिचान र सर्वेक्षण गर्नेछ । पछि प्रतिस्पर्धाबाट लाइसेन्स दिनेछ । साथै, लाइसेन्सको अवधिसमेत घटाइएको छ । यसले विद्युत् उत्पादनमा असर गर्ने निजी क्षेत्रको भनाइ छ । ‘सरकारले निजी क्षेत्रलाई व्यापार, प्रसारण र वितरणमा खुला गर्‍यो । तर, उत्पादनमै कडाइ गरिएपछि त्यसको औचित्य भएन,’ इप्पान उपमहासचिव दुलालले भने, ‘तसर्थ, नयाँ विद्युत् ऐन आउँदै छ भनेर खुसी हुनुपर्ने अवस्था छैन । सरकारले विद्युत् उत्पादनमा समेत निजी क्षेत्रलाई खुला पहुँच दिनुपर्छ ।’

    निजी क्षेत्रलाई उत्पादनमा कडाइ
    विधेयकअनुसार अब सरकारले नै पहिचान र अध्ययन गरेर आयोजनाको सूची तयार गरेर खुला प्रतिस्पर्धा आह्वान गर्नेछ । तर, सरकारले ५१ प्रतिशतभन्दा बढी सरकारी सेयर स्वामित्व भएका संस्थालाई प्रतिस्पर्धा नगराई आयोजनाको लाइसेन्स दिन सक्नेछ । साथै, तीन तहका सरकार आफैँले वा संयुक्त लगानीमा पनि आयोजना बनाउने निर्णय गर्न सक्नेछन् । यसले सरकारले छनोट गरेर बाँकी रहेका आयोजना मात्रै निजी क्षेत्रले बनाउन पाउने देखिन्छ । यो नीतिले आयोजनाको लागत बढ्ने र समयमा नबन्ने समस्या आउने पनि सरोकारवाला बताउछन् । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार निजी क्षेत्रका आयोजनाहरूको लागत प्रतिमेगावाट १३ करोड ४३ लाखदेखि १९ करोड हाराहारी छ । तर, सरकारी आयोजनाको लागत प्रतिमेगावाट ४९ करोडसम्म पुगेको छ । यस्तै, आयोजना सरकारलाई निःशुल्क हस्तान्तरण गर्ने अवधि पनि घटाइएको छ । हाल जलाशययुक्त आयोजनाको लाइसेन्स अवधि ५५ वर्ष र अन्य आयोजनाको लाइसेन्स अवधि ५० वर्ष (नवीकरणसहित) हुने व्यवस्था छ । हाल सरकारले आयोजनाहरूलाई ३५ वर्ष अवधिको लाइसेन्स दिएको छ । नवीकरणसहित त्यसको अवधि ५० वर्षसम्म पुर्‍याउन सकिन्छ । तर, प्रस्तावित विद्युत् ऐनमा भने जलाशयुक्त आयोजनाको ४५ वर्ष र अन्य आयोजनाको ४० वर्ष लाइसेन्स अवधि तोकिएको छ । त्यसमा नवीकरणको सुविधा भने तोकिएको छैन । यसरी प्रस्तावित ऐनले आयोजना सरकारलाई बुझाउने अवधि नै १० वर्ष घटाएको छ, यसले पनि ऊर्जामा लगानी गर्न निजी क्षेत्रलाई निरुत्साहित गरेको व्यवसायी बताउँछन् ।

    खुला प्रतिस्पर्धाबाट पिपिए
    विधेयकले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुला प्रतिस्पर्धाबाट गर्न सक्ने नीति पनि ल्याएको छ । अहिले पिपिएदर निश्चित छ । जलाशययुक्त आयोजनाका लागि प्रतियुनिट हिउँदमा १२.४० रुपैयाँ र बर्खामा ७.१० रपैयाँ तोकिएको छ । अन्य जलविद्युत् आयोजनाको पिपिएदर भने प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रपैयाँ तोकिएको छ । सोलार प्लान्टको पिपिए भने प्रतियुनिट अधिकतम ५.९४ रुपैयाँको सीमामा गर्न सकिन्छ ।

    प्राधिकरण पाँच वर्षमा टुक्रिनुपर्ने
    विधेयकमा अब एउटा संस्थाले एउटा (विद्युत् उत्पादन, प्रसारण र वितरणमध्ये एक) मात्रै काम गर्न पाउने प्रस्ताव पनि गरिएको छ । यदि अहिले कुनै संस्थाले यी तीनवटै काम गरिरहेको भए पनि नयाँ ऐन लागू भएको पाँच वर्षमा उत्पादन, प्रसारण र वितरणका लागि छुट्टाछुट्टै संस्था स्थापना गर्नुपर्नेछ । हाल नेपाल विद्युत् प्राधिकरणले यी तीनवटै काम गर्दै आएको छ, त्यसअनुसार यो ऐन प्रारम्भ भएको पाँच वर्षभित्र प्राधिकरण खण्डीकरण हुनुपर्नेछ ।

    तीनवटै तहका सरकारले लाइसेन्स दिन सक्ने
    विधेयकमा अब तीनवटै तहका सरकारले जलविद्युत् आयोजनाको लाइसेन्स दिन सक्नेछन् । अहिले संघीय सरकारले नै आयोजनाको लाइसेन्स दिँदै आएको छ । तर, अब पाँच मेगावाटसम्मको आयोजनाको लाइसेन्स स्थानीय तहले दिन सक्नेछ । यसैगरी, प्रदेशस्तर आयोजनाको प्रदेश सरकार र ठूला आयोजनाको केन्द्रीय सरकारले लाइसेन्स दिनेछ । दुई वा सोभन्दा स्थानीय तहको सीमामा पर्ने पाँच मेगावाटसम्मका आयोजनाको लाइसेन्स प्रदेश सरकारले दिने व्यवस्था गरिएको छ । दुईभन्दा बढी प्रदेशको सिमानामा पर्ने आयोजनाको लाइसेन्स भने केन्द्रीय सरकारले नै दिने व्यवस्था गरिएको छ । तर, स्थानीय र प्रदेश सरकारको अनुरोधमा सरकारले जतिसुकै जडित क्षमताका आयोजनाको पनि विकास र सञ्चालन गर्न सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑