
काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख योगदान गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति भायानेटले हार्दिक ऐक्यबद्धता र समर्थन व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकहरूको शीघ्र राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर साथ रहने प्रतिबद्धता जनाएको छ।
मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति भायानेटको यो पहल प्रशंसनीय छ।