वीरगंज । बाराबाट प्रतिबिन्धित गाँजा सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका- १३ बस्ने बलराम लामा, सोही स्थानका अनिल लामा र शुकराम स्याङतान रहेका छन्।
प्रहरीले बाराको तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना २ ह १४०० नंम्बरको अटोलाई रोकी चेकजाँज गर्नेक्रममा चालकसहित तीनैजनालाई गाँजासहित पक्राउ गरेको हो।
चेकजाँचको क्रममा अटोको डिक्कीभित्र लुकाई राखिएको अवस्थामा पाँच किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ परेका तीनैजनालाई अदालतबाट ६ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए।