• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दाइजोका लागि डब्बल मर्डर : सासु जेठानी पक्राउ, श्रीमान र ससुरा फरार

  • वीरगंज संजाल
  • Jul 2, 2023, 10:28 am
  • १४४१

    वीरगंज । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ४ पतौरामा दाइजोका लागि डब्बल मर्डर भएको छ । आमा र अवोध छोरीको हत्यापछि परिवारका सदस्यहरु फरार भएका छन् । पतौरामा शुक्रबार राति आमा र छोरी घरमा मृत फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया कविता देवी साह र उनकी २० महिनाकी छोरी आरुही राति घरमै मृत अवस्थामा भेटिएकी छन् । अवोध बालिकालाई सिलिंग पंखामा झुण्डयाएर हत्या गरिएको र कविता देवीलाई घरमा बन्द गरी जलाएर हत्या गर्ने प्रयास गरिएको स्थानीयहरुले जनाएका छन् । मृतक कविताको टाउकोको अगाडिको भाग फुटेको छ । हात र खुट्टा जलेको छ । तर उनले लगाएकी लुगा(मेक्सी)मा आगोले छोएको छैन् । प्रहरीका अनुसार कविताको लुगा राखिएको ट्रंकको ढक्कन खोलिएर कपडामा आगो लगाइएको छ ।मृतक कविताको छाला आगोको तापले सिकुरेको प्रहरीस्रोतले जनाएका छन् । प्रहरी स्रोतका अनुसार बालिकालाई हत्या गरी पंखामा झुण्डयाइएको र आमालाई घरभित्रै आगोमा जलाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आरुहीको शव पंखामा झुण्डिएको र कविताको शव घरबाट बाहिरिने सिँढीमुनिको बरण्डामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकरप्रसाद यादवले बताएका छन् ।

    मृतक कविता देवी साहलाई घरबाट घिसारेर बाहिर ल्याइएको र आरुहीको शव पंखामा नै झुण्डिएको अवस्थामा छाडिएको थियो । उनका अनुसार मृतक कविताका पति धीरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासु मैना देवी र जेठानी निशा देवी लाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । घटना पश्चात मृतकका श्रीमान धीरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् । ‘मृतकका जेठानी र सासुलाई सोधपुछका लागि ल्याएका छौं,’ डीएसपी यादवले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’‘घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था छैन्’ उनले भने,अनुसन्धानपछि विस्तृत जानकारी प्राप्त हुनेछ । तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक–पटक दाइजोका लागि यातना दिने गरेको उनका पिता विजयशंकर साहले बताए । ‘बिहे भएपछि दाइजोका लागि मेरी छोरीलाई चरम यातना दिने गरिएको थियो’ साहले भने, अन्ततः छोरी र नातिनीको हत्या नै गरिएको छ । ‘बिहेपछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन’साहले भने,ज्वाइँ धीरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो । आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइँ र सम्धी फरार भएका छन् । घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनुपर्ने उनले माग गरेका छन् ।

    रौतहट जिल्लाकै माधवनारायण नगरपालिकाको वडा नम्बर ५ मिठुअवा गाउँमा कविताको माइती हो । घटनाबारे स्थानीयहरुले जानकारी दिएपछि मृतकका पिता विजयशंकर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर आएको बताए । तर मृतक छोरी र नातिनीको शव धेरै बेरपछि मात्र हेर्न पाएको दुखेसो पोखे । छोरीलाई ज्वाइँले पटक पटक कुटपिट गर्दै अनेक प्रकारको यातना दिने गरेको आरोप उनले लगाएका छन् । ‘बेलाबेलामा कविताले ज्वाइँ धीरेन्द्र साहले नगद, पलङ, सुनको आँैठी र सिक्री माग्ने गरेको बताउने गरेकी थिइन् ’ उनले भने, दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको छ । अबेर रातिसम्म शवको पोष्टमार्टम हुन सकेको छैन् । आमा छोरीको शव प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकका श्रीमान, ससुरा लगायत परिवारका अधिकांश पुरुष सदस्य फरार रहेका र सासु, जेठानी पक्राउ परेकाले पोष्टमार्टमका लागि कानुनी प्रक्रियामा समस्या देखिएको बताइएको छ । कविताकी वृद्ध हजुरआमा सासु भने घरमा नै रहेकी छन् । मृतकका पिता साह भने अस्पतालमै रहेका छन् । आमा र छोरीको हत्याको खबरले कविताको माइतीमा शोक छाएको छ ।विजय शंकरको ५ छोरी मध्ये कविता चौथो नम्बरमा थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
  • भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    News

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑