• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मेयर सिंहको नेतृत्वमा वीरगंज झिलीमिली उज्यालो सहर बन्दै

  • वीरगंज संजाल
  • Apr 8, 2023, 12:54 pm
  • ६२१

    वीरगंज । रामनिवास पटेल । वीरगंज महानगरपालिकाका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगंज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो । “केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो”, वीरगञ्ज महानगरपालिका–६ मीनाबजारका विजय साहले भन्नुभयो, “तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, यसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” महानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले आफूहरूको बस्ती नै उज्यालो बनेको उहाँको भनाइ थियो । ‘‘पहिला–पहिला सडक छेउका अधिकांश पोलमा बत्ती थिएनन्”, वीरगञ्ज महानगरपालिका–११ का सन्तोष साहले भन्नुभयो, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ हिँडडुल गर्न समस्या भइरहेको थियो ।” अहिले निर्धक्क भएर २४सैँ घण्टा हिँड्दा पनि कुनै समस्या छैन, उहाँको कथन थियो ।

    “विगतका वर्षहरूमा साँझ र रातिको समयमा सडक अँध्यारो हँुदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, साहले अगाडि थप्दै भन्नुभयो, “अहिले नगर क्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वात्तै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” यसबाहेक पोल–पोलको बत्तीले नगर क्षेत्र नै झिलीमिली बनेको उहाँको भनाइ थियो ।महानगरपालिकाले एकपछि अर्काे लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै वीरगञ्ज महानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयहरू बताउँछन् । महानगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० देखि उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा गल्लीका पोल–पोलमा बत्ती जडानलाई तीव्रता दिएको वीरगञ्ज महानगरपालिकाका विद्युत् शाखाका प्रमुख इञ्जीनियर राजीवकुमार उपाध्यायले जानकारी दिनुभयो । त्यही योजनाअनुसार महानगरपालिकाको वडा नं १ देखि ३२ वटै वडाका सडक र गल्लीमा १३ हजार तीन सय २२ स्ट्रिटलाइट जडान गरिसकेको र बाँकीमा जडानकार्य भइरहेको इञ्जीनियर उपाध्यायले बताउनुभयो । “महानगर क्षेत्रमा उज्यालो वीरगञ्ज अभियान सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसै अभियानअन्तर्गत हामीले अहिलेसम्म मुख्य सडक तथा गल्लीमा ठूला–ठूला स्ट्रिटलाइट जडान गरेका छौँ, बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ, छिट्टै जडान सकिनेछ”, उहाँको भनाइ थियो ।

    यसका साथै महानगरका मुख्य सडक तथा गल्लीमा सोलार बत्तीसमेत जडान गरिएको छ । विभिन्न निकाय तथा सङ्घसंस्थाको सहयोगमा महानगर क्षेत्रभित्र करिब सात सय सोलार बत्ती जडा नगरिएको महानगरपालिकाको विद्युत् शाखाका इञ्जीनियर अवधेशकुमार यादवले जानकारी दिनुभयो । विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगर क्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो । “आफू निर्वाचित भएदेखि महानगरपालिकालाई सफा, सन्दर र हरियाली नमूना महानगर बनाउने लक्ष्यका साथ अघि बढाएको छु”, नगरप्रमुख सिंहले भन्नुभयो, “सडकका फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरको सौन्दर्यीकरण, अतिक्रमित जग्गा फिर्ता, फराकिलो बाटो निर्माणको कामलाई तीव्रता दिएका छौँ ।” आर्थिक राजधानीकै रूपमा परिचिति वीरगञ्ज महानगरलाई पर्यटकीय नगरीका रूपमा समेत विकास गर्न यहाँका धार्मिक पर्यटकीय क्षेत्रहरूको जीर्णेद्धार तथा रङरोगनका कार्यलाई समेत प्राथमिकता दिएको महानगर प्रमुख सिंहको कथन छ । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको महानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑