
म यस्तो यात्रामा छु
जसको कुनै गन्तव्य छैन
काहा पुग्ने हो?
के गर्ने हो?
थाहा छैन, तर यात्रा जारी छ।
मेरो यात्रा कस्तो छ?
पहिला बाटोमा पैसा भेटोस् चाहन्थे
आज पैसा कमाउने बाटो खोज्दैछु
तर न कहिले पैसा भेटे
न कहिले बाटो नै,



यात्रामा भेटिएका हरेक पात्र
केही क्षणका लागि थिए
कोई भएको महसूस भयो
कोई भएर पनि नभएको
कोई सँगै हाँसेर गए
कोई सँगै रोएर गए
कोई एक छिन सँगै हिडे
तर,साथ कसैको रहेन
सायद सबै आफ्नै यात्रामा थिए
एक समय थियो
गाउँबाट सहर आउने रहर थियो
आफूलाई चिनाउनु थियो
म केही गर्न सक्छु भनेर
गाउँलेलाई बताउनु थियो।
सहरमा सास फेर्न गाह्रो भएकै हो
गाउँको याद बेस्सरी आएकै हो
आफूलाई सम्हाल्ने कोई भएनन्
जीवनमा कसरी अगाडि बढ्ने
बताउने कोई भएनन्।
रमाउने उमेरमा कमाउने सोच
जीवनमा थपिएको ठूलो बोझ
यात्रा यस्तै अगाडि बढ्दै छ
खोई कहिले होला पूरा आफ्नो सोच


