• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन : निर्वाचन आयोग

  • वीरगंज संजाल
  • Nov 13, 2022, 2:38 pm
  • १३८१

    देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ ।

    निर्वाचनको प्रचारप्रसारमा तडकभडक नभएर अन्त्यन्त शालिन ढङ्गले अघि बढिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । यसअघिका निर्वाचनका तुलनामा यस पटक आचारसंहिताको पालनामा सुधार भई तुल ब्यानर, पोस्टर, पम्प्लेट र भित्ते लेखनबाट सहर कुरुप हुनबाट जोगिएको छ ।

    “राजनीतिक दलले निर्वाचमा धेरै खर्च भयो प्रचारप्रसारको समय र खर्च कम गर्ने व्यवस्था गर्न भनेपछि आचारसंहितामा त्यो व्यवस्था गरिएको हो”, उनले भने, “अहिले ध्वजापतका, पम्प्लेट, ब्यानर, माइक, आमसभाजस्ता विषय कम भए पनि निर्वाचन सबै मतदाताको मन मष्तिष्कमा छ, माहौल नभएको भन्न मिल्दैन, शहरको सुन्दरता पनि त कायम छ ।”

    सञ्चार माध्यममा विज्ञापन, राजनीतिक दल र उम्मेदवारका कार्यक्रम, समाचार र अरु निर्वाचनसम्बन्धी सामग्रीले पनि निर्वाचनको माहौल बनिरहेको छ । पछिल्ला निर्वाचनमा मतदाता र उम्मेदवार दुवै परिपक्क हुँदै गएकाले निर्वाचनको शालीन हुन पुगेको हो । प्रतिनिधिसभा सदस्य दुई सय ७५ र प्रदेशसभा सदस्य पाँच सय ५० सिटका लागि हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।

    नेकपा ‘एमाले’ का नेता सुवास नेम्वाङले राजनीतिक दल, उम्मेदवार, मतदाता र लोकतन्त्र जति परिपक्क हुँदै जान्छ त्यति नै चुनाव शालिनरुपमा अघि बढदै जाने बताए । उनले भने, “दल र निर्वाचन आयोगबीच छलफल गरेर मितव्ययी बनाउन चुनाव प्रचारप्रसारको प्रक्रिया र शैलीमा आमूल परिवर्तन गरिएको छ । निर्वाचनप्रति जनता परिपक्क, उत्साह र जागरूक छन् । हामीले जे सोचेका थियौँ, त्यही भइरहेको छ, म यसबाट खुसी छु ।”

    पहिलाका चुनावमा तुल व्यानरले बजार र गाउँ छपक्कै हुने मात्र नभई मतदाता पनि विभिन्न दल विशेषका चुनाव चिह्न अंकित पोशाकले पहिरिएको देखिन्थ्यो । त्यसमा उम्मेदवारको खर्च धेरै हुन्थ्यो । यस पटकको निर्वाचनलाई मितव्ययी बनाउने उद्देश्यले आयोग र दलले चुनाव प्रचारप्रसारका सबैमा प्रक्रियामा आमूल परिवर्तन गरेका हुन् । आमसभा र घरदैलो समेत यसपटक १५ दिनमा सीमित गरिएकाले पनि पहिले जस्तो प्रचार भएन जनता निराश भएकी भन्ने कोणबाट टिप्पणी गरिए तापनि त्यो बुझाइ सही नभएको भनाइ छ ।

    उम्मेदवार समक्ष मतदाताले अझै पनि खोइ त बाटो भनी जानेर वा नजानेर विभिन्न माग र प्रश्न तेर्स्याइरहेका पूर्व सभामुख नेम्वाङ बताउँछन् । जनता अहिले पनि निर्वाचनप्रति पहिलेकै जस्तै उत्सुक रही उम्मेदवार समक्ष यस्तो काम हुन पर्यो भनेर माग गर्ने गरेको त्यसको टिपोट गर्दै प्रतिबद्धता जाहेर गर्ने गरेको पाइएको छ । तीस वर्षसम्म तपाईले के–के काम गर्नुभयो त भनी प्रश्न गर्दै जनताले विधायकसँग अहिले पनि कुलो, सडक, धारा/पँधेरोका मुद्दालाई नै उठाउँदै आइरहेका देखिएको छ ।

    नेपाली कांग्रेसका नेत्री पुष्पा भूषालले जिल्लाको भूगोलअनुरुप प्रचारप्रसारको समय अत्यन्त काम भएको र ठूला कार्यक्रम भन्दा घरदैलोलाई नै प्राथमिकतामा दिएका कारण निर्वाचनको वातावरण नदेखिएजस्ता भएपनि निर्वाचनप्रति जनताको उत्साह निकै राम्रो रहेको प्रतिक्र्रिया दिए । उनले भने, “हामी आफै जनताको घर दैलोमा गएकाले तडकभडक यस पटक छैन, जनतामा उत्साह भने ठूलो छ ।”

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले निर्वाचनमा मतदान गर्नका लागि जनता अत्यन्त उत्साही रहेको आफूले पाएको बताए । उनले भने, “निष्ठाको राजनीतिका लागि चुनाव कम खर्चिलो हुनुपर्छ भन्ने मान्यताका आधारमा चुनाव प्रचारप्रसारको गतिविधि अघि बढेकोछ, कानुन निर्माण गर्ने दायित्व भए पनि जनताले हामीसँग मलखाद, सिँचाइ, सडक, बिउबीजन, खानेपानी, वैदेशिक रोजगारीलगायत सामाजिक मुद्दा उठाइरहेका छन् ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑