• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    तरलता अभावको संकट गहिरिँदै, सहकारीको ब्याजदर बढाउने तयारी

  • वीरगंज संजाल
  • Dec 30, 2021, 2:16 am
  • २३३३

    आज दिनभरका मुख्य आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

    १. नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्याे विशेष साधारण सभा, हिमालयनसँग मर्जर मुख्य एजेन्डा

    नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । बैंककाे पाैष ११ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा माघ ४ गते, मंगलबार दरबारमार्ग काठमाडाैँस्थित बैंककाे केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक लिमिटेड एक आपसमा गाभ्ने गाभिने मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । दुवै बैंक एक भएपछि बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुनेछ । दुवै बैंक एक भएपछि चुक्ता पुँजी, अधिकृत पुँजी, जारी पुँजी बढ्ने हुँदा सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा पारित गरिनेछ ।

    २. तरलता संकट झन् गहिरिँदै, पुस लागेपछि अझै घट्न थाल्यो निक्षेप

    चालु आर्थिक वर्ष लागेसँगै बैंक तथा वित्तीय संस्थामा देखिन थालेको तरलता अभावको संकट गहिरिँदै गएको छ । आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि तरलताको समस्या समाधान हुने छाटकाट छैन । बैंकमा अझ तरलताको संकट बढ्दै गएको छ । बैंकहरुले ससानो र अत्यावश्यक काम बाहेकका क्षेत्रमा कर्जा लगानी नै रोक्नुपर्ने अवस्थामा वित्तीय क्षेत्र पुगिसकेको छ । राष्ट्र बैंकका अनुसार आव २०७५/०७६ सम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको वृद्धि कर्जाको भन्दा बढी रहेको थियो । तर २०७७ चैतयता भने कर्जाको वृद्धिदरले निक्षेपको वृद्धिदरलाई उछिनेको छ । राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षकाे पुस पहिलो सातासम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब १६ अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब ३८ अर्ब कर्जा लगानी विस्तार गरेका छन् । तरलताको अभावको संकट गहिरिँदै गएपछि यसबाट बाहिर निस्कन राष्ट्र बैंकले केही मौद्रिक उपकरण परिचालन गरिरहेको छ । मौद्रिक उपकरणबाट बैंकमा पैसा पठाएर अल्पकालिन तरलता व्यवस्थापन गर्दै आएको राष्ट्र बैंक सरकारको पुँजीगत खर्च बढ्ने आशमा बसेको देखिन्छ । हालसम्म सरकारको पुँजीगत खर्च ६ प्रतिशतको हाराहारीमा मात्र छ । पुसपछि विकास निर्माणका कामले गति लिने त्यसपछि सरकारको खर्च वृद्धि भएपछि विस्तारै तरलता अभाव कम हुने अपेक्षामा राष्ट्र बैंकका अधिकारी छन् ।

    ३. पूर्व गभर्नर चिरञ्जीवी नेपाल भन्छन्, “सरकार सेयर बजारप्रति सकारात्मक भए मात्र इन्डेक्समा सुधार आउँछ”

    सेयर बजारको प्राविधिक तथा नीतिगत विकास जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा नभएको पूर्व गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् । अहिले जुन संख्यामा बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेका छन् त्यो संख्याको लगानीकर्ता लक्षित गरी प्राविधिक विकास नभएको र सरकारले सेयरबजारलाई प्राथमिकतामा नराखेको उनी बताउँछन् । नयाँ लगानीकर्ता सुरक्षित लगानीको उद्देश्यले बजारमा प्रवेश गरेपनि सुरक्षित तवरले कारोबार गर्ने वातावरण सृजना नभएको उनकाे तर्क छ । सरकार सेयरबजार प्रति सकारात्मक भएमा मात्र इन्डेक्समा सुधार आउने र नियामक निकायले नीति तयार गर्दा बजारमा देखिन सक्ने दुवै सकारात्मक तथा नकारात्मक विषयको समीक्षा गर्नुपर्ने उनले बताएका छन् ।

    ४. सेयर बजारमा सामान्य सुधार, नन लाइफमै फर्किए लगानीकर्ता

    आज (बुधबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । निर्जीवन बीमा कम्पनीहरू तर्फ नै लगानीकर्ताहरूकाे आकर्षण बढी छ । बुधबार पनि अन्य समूहकाे तुलनामा नन लाइफ इन्स्याेरेन्स नै बढेकाे छ । बजारमा बीमा कम्पनीहरूकाे पूँजी वृद्धिकाे कुरा चलिरहँदा यस तर्फ लगानीकर्ताकाे ध्यान माेडिएकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेकाे छ । नेप्से ०.२२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ । कूल २२८ वटा कम्पनीकाे ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेको छ । बुधबार पनि हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५२ कराेड ५५ लाख ८० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बुधबार मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सर्वाधिक बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक सय ४६ रूपैयाँ ४० पैसा पुगेकाे छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ३.३९ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ८५ रूपैयाँमा झरेकाे छ ।

    ५. सहकारीको ब्याजदर बढाउने तयारी, बिहीबार बैठक बस्दै

    सहकारीको ऋण लगानी तोकिएको अधिकतम ब्याजदरको सीमा (सन्दर्भ ब्याजदर) पुनरावलोकन गर्न बिहीबार बैठक बस्ने भएको छ । सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा रहेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बोलाइएको हाे । बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावसँगै ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउन सहकारीकर्मीले दबाब दिँदै आएका छन् । हाल सहकारी संस्थाहरूले ऋण लगानी गर्दा अधिकतम १४ दशमलव ७५ प्रतिशतसम्म ब्याज लिन पाउने गरी सन्दर्भ ब्याजदर लागू गरिएको छ । १५ कात्तिक २०७७ देखि लागू भएको ब्याजदर हालसम्म पुनरावलोकन भएको छैन । सहकारी ऐन तथा नियामावलीमा सहकारीको ऋण लगानीको व्याजमा सीमा रहने गरी सन्दर्भ ब्याजदर तोक्ने प्रावधान रहेकाे छ ।

    ६. लगानीकर्तालाई विष्णु बस्यालकाे सुझाव : सेयर किन्दा ‘रिवार्ड’ भन्दा ‘रिस्क’ हेर्नुपर्छ, योजनासहित लगानी गर्नेले घाटा खानु पर्दैन !

    सेयर बजारमा प्रवेश गर्नुपूर्व लगानीकर्ताले लगानी गरेको पूँजीको कती समयभित्र नाफा कमाउँछु भन्दा पनि बजारको जोखिमलाई आँकलन गरी लगानी गरेको पूँजीको कति प्रतिशतसम्म नोक्सान बहन गर्न सक्छु भन्ने योजना बनाएर सेयर बजारमा प्रवेश गर्नुपर्ने सेयर विश्लेषक विष्णु बस्यालले बताएका छन् । लगानी गर्नुपूर्व राम्ररी योजना बनाएमा धेरै घाटा व्यहाेर्नु नपर्ने उनकाे तर्क छ । सेयर किन्दा ‘रिवार्ड’ भन्दा ‘रिस्क’ लाई ध्यान दिन उनले लगानीकर्ताहरूलाई सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑