• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एकलौटी फर्मका रुपमा व्यवसाय गर्नेले कति तिर्नुपर्छ कर ?

  • वीरगंज संजाल
  • Jun 21, 2021, 9:14 pm
  • ५९६५

    वीरगन्ज । राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागि करको दर सार्वजनिक गरेको छ । जसअनुसार एकलौटी फर्मका रुपमा व्यवसायमात्र हुनेले एकलतर्फ वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा र दम्पतीतर्फ ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा कर नलाग्ने भएको छ ।

    एकलतर्फ ४ लाखभन्दा माथि ५ लाखसम्म करयोग्य आय भएमा ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । यस्तै दम्पतीतर्फ भने ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकमको १० प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।

    यस्तै, ५ लाखदेखि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १० हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

    ​यसैगरी दम्पतीतर्फ ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १० हजार र ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

    ७ लाखभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिका लागि न्यूनतम ५० हजारका अतिरिक्त ७ लाखभन्दा माथि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । दम्पतीको हकमा भने ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्उ आय भएमा न्यूनतम ५० हजारका अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर लाग्नेछ ।

    २० लाखभन्दा माथि करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ लाख ४० हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर लाग्नेछ भने दम्पतीको हकमा न्यूनतम ४ लाख २५ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी
  • सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु
  • लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति
  • संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    News

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    News

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    News

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    News

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑