• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मुटु रोगको समस्या, यस्ता हुन्छन् संकेत

  • वीरगंज संजाल
  • Jun 14, 2021, 7:13 am
  • ३८६१

    वीरगन्ज । मुटु शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । त्यसैले पनि मुटुमा देखिने समस्याले समग्र स्वास्थ्यमै असर पुर्‍याउने गर्छ । त्यसैले यसबारे राम्रो जानकारी राख्न जरुरी हुन्छ । यसका लक्षणबाट मुटुमा समस्या छ या छैन भन्ने कुरा आफैँ जान्न सकिन्छ । यी हुन् मुटुमा हुने समस्या र लक्षण :

    छातीको बीच भाग दुख्ने
    मानसिक तनाव हुँदा वा बढी शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो भने त्यसलाई सामान्य रूपमा लिनुहुँदैन । यस्तो अवस्थामा मुटुलाई ढुंगाले थिचेजस्तो, डोरीले बाँधेजस्तो या मुठ्ठीले हिर्काएजस्तो अनुभूत भएमा स्वास्थ्य जाँच गराउन जरुरी हुन्छ । यस्तो दुखाइ कुम, पाखुरा, घाँटी तथा चिउँडोतिर पनि सर्ने गर्छ । यस्तो समस्या भएमा स्वास्थ्यमा कुनै समस्या भएको बुझ्नुपर्छ ।

    दम बढ्ने
    धेरै मानिसले दम बढेको अवस्थालाई फोक्सोमा भएको खराबीका रूपमा लिने गर्छन् । यो केही हदसम्म सही हो । तर, खोकी र दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुने गर्छ । शारीरिक परिश्रम गर्दा हुने दम प्राय: मुटुकै कमजोरीका कारण हुने गर्छ |

    खुट्टा सुन्निने
    खुट्टाको घुँडादेखि कुर्कुचासम्मको भाग सुन्निएको अवस्थामा सचेत हुन आवश्यक हुन्छ । यसरी सुन्निएको अवस्थामा हाडमाथि औँलाले थिच्दा खाल्डो पर्ने, अत्यधिक दुख्ने भएमा मुटुको समस्या हो भनी बुझ्नुपर्छ ।

    घाँटीको रक्तनली फुल्ने
    कहिलेकाहीँ घाँटीको दायाँ–बायाँ भएको रक्तनली फुल्न सक्छ । जुन नांगो आँखाले प्रस्ट देख्न सकिन्छ । यस्तो समस्या भएको अवस्थामा गम्भीर हुन जरुरी हुन्छ । किनकि, मुटुका कारण पनि यस्तो लक्षण देखिन सक्छ । यस्तो समस्याले मुटुमा रक्तचाप बढेको संकेत गर्छ । मुटु कमजोर भएमा पनि चाप बढ्ने गर्छ ।

    ओठ, जिब्रो, औँलाका टुप्पो नीलो हुने
    स्वस्थ व्यक्तिको शरीरको बनावटबारे सबैले सहजै जान्न सकिन्छ । मानिसको शरीर केही हदसम्म रगतको रङजस्तो देखिनुपर्छ । अक्सिजनले रगतलाई रातो बनाइराख्ने काम गर्छ । रगतमा अक्सिजनको कमी हुनेबित्तिकै शरीरका अंग नीलो देखिन थाल्छ । औँलाका टुप्पा, ओठ, जिब्रो नीलो भएमा रगतमा अक्सिजनको मात्रा कमी भएको बुझ्नुपर्छ । यसरी शरीरका विभिन्न अंग नीलो हुनु मुटुरोगको लक्षण हो ।

    औँलाका टुप्पा बाक्लो हुने
    औँलाका टुप्पा बाक्लो हुनु पनि मुटुरोगको लक्षण हो । कहिलेकाहीँ यस्तो रोगले औँला बाटुलो बनाउने पनि गर्छ ।

    चक्कर लाग्ने
    रक्तचाप बढ्यो भने टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्या हुने गर्छ । कहिलेकाहीँ मुटुको धड्कन ढिलो भएको अवस्थामा पनि चक्कर लाग्ने गर्छ । मुटु प्रतिमिनेट ६० देखि एक सयपटकसम्म धड्किनुपर्छ । तर, प्रतिमिनेट ४५ भन्दा कमपटक मुटु धड्किएमा चक्कर लाग्ने समस्या हुन्छ ।

    कफमा रगत देखिने
    क्षयरोग र क्यान्सरका कारण मात्र होइन, मुटुको समस्याका कारण पनि कफमा रगत देखा पर्ने गर्छ ।
    यसका साथै मुटुरोगले जोर्र्नी दुख्ने, ज्वरो आउने, हात, खुट्टा, ओठ स्वचालित हुने, छातीमा हात राख्दा ध्वनि निस्कनेजस्ता लक्षण पनि देखाउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑