वीरगंज। सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार प्रदेश १ मा एक लाख, प्रदेश २ मा दुई लाख, बागमती प्रदेशमा एक लाख, काठमाडौंमा थप एक लाख, भक्तपुर र ललितपुरमा ५०/५० हजार, लुम्बिनी प्रदेशमा दुई लाख, गण्डकी प्रदेशमा डेढ लाख, कर्णाली प्रदेशमा एक लाख ५० हजार र सुदूरपश्चिम प्रदेशमा दुई लाख एन्टिजेन पठाइने छ।
एन्टिजेनको सही सदुपयोग र कन्ट्याक्ट ट्रेसिङ लगायतका आवश्यक पर्ने स्थानहरूमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टार, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमा समयमै एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए।