• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘अर्बौँँ मूल्य’को चर्चा पाएको ‘युरेनियम’ बरामद प्रकरण: अनुसन्धान रेडियोधर्मी पदार्थमै सिमित

  • वीरगंज संजाल
  • २२ चैत्र २०७७, आईतवार २२:३१
  • २५५७

    काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा अर्बौँ रुपैयाँ मूल्य भएको भनी प्रहरीले सार्वजनिक गरेको ‘युरेनियम’ बरामदको अनुसन्धान रेडियोधर्मी पदार्थमा मात्र सीमित बनेको छ।

    काठमाडौँ प्रहरी परिसरले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ। सुरुमा विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान गरेको प्रहरीले आवश्यक प्रमाण जुटाउन नसकेपछि रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन,२०७७ अनुसार सजाय मागदावी गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको छ।

    प्रहरीले फागुनको अन्तिम साता बौद्धमा चार जनालाई पक्राउ गरेको थियो करिब अढाइ केजी ‘युरेनियम’ कच्चा पदार्थसहित। प्रहरीले युरेनियमको कच्चा पदार्थ (युरेनियम-२३८) भएको दाबी गरेको थियो। प्रहरीले भनेको थियो- अन्तर्राष्ट्रिय बजारमा प्रशोधित युरेनियम (युरेनियम-२३५)को मुल्य प्रति १० ग्राम १८ करोड नेपाली रुपैयाँ पर्छ।

    विज्ञान तथा प्रविधि प्रतिष्ठान-नास्टले बरामद बस्तु रेडियोधर्मी भएको र विकिरणको प्याटर्न युरेनियमसँग मिल्दोजुल्दो भएको रिपोर्ट दिएको थियो। तर नास्टले बरामद बस्तुमा युरेनियमको मात्रा खुलाउन सकेन। त्यति मात्र होइन, प्रहरीले बरामद पदार्थ कहाँबाट कसरी भित्रिएको थियो र कहाँ लगिँदै थियो भन्नेबारे कुनै ठोस प्रमाण जुटाउन सकेन।

    प्रहरीको अनुसन्धान पक्राउ परेका अभियुक्तको बयानमै सीमित भयो। नेपालमा यसअघि कहिल्यै युरेनियम पदार्थ बरामद भएको छैन, न त यहाँ कहिल्यै यसको सरकारीस्तरमा उत्खनन् तथा प्रशोधन नै भएको छ।  प्रशोधित युरेनियम आणविक हतियार र विजुली उत्पादनमा प्रयोग हुन्छ जसको पूर्वाधार नेपालमा देखिँदैन। तर नेपालमा पनि युरेनियमको खानी हुन सक्ने सरकारी निकायकै दावी छ।

    यो अवस्थामा युरेनियमसँग मिल्ने रेडियोधर्मी पदार्थको अनुसन्धान  सामान्य तरिकाले सम्पन्न हुनु दुर्भाग्यपूर्ण भएको नास्टका एक  विज्ञ बताउँछन्। ‘ हामीसँग युरेनियमको मात्रा छुट्याउन सक्ने क्षमता छैन भनेर हामीले जवाफ पठाएका थियौँ’, ती विज्ञले भने। युरेनियम नै हो की होइन भन्ने स्पष्ट हुन नसकेपछि प्रहरी विस्फोटक पदार्थ सम्बन्धी कसुरबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन,२०७७ मा ‘सिफ्ट’ भएको हो। यो ऐन गत असार ११ गते जारी भएको हो।

    प्रहरीले अभियुक्तविरुद्ध ५ देखि १० वर्षसम्म कैद सजाय र ७ लाखदेखि १२ लाख रुपैयाँसम्म जरिवाना माग दावी गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको छ। ऐनको दफा ४७ को उपदफा ‘ख’मा उल्लेखित ‘ यो ऐन बमोजिम इजाजतपत्र नलिई वा इजाजत पत्रमा उल्लेखित शर्त वा यस ऐन विपरित रेडियोधर्मी पदार्थ, तत्सम्बन्धी उपकरणको उत्पादन, सङ्कलन, भण्डारण, सन्चय, निकासी, पैठारी, ढुवानी, ओसारपसार, विसर्जन वा फैलावट गर्ने, कुनै संयन्त्र विकाश वा सन्चालन गर्ने, रेडियोधर्मी फोहोरमैला निकासी, पैठारी वा व्यवस्थापन गर्ने लगायतका क्रियाकलाप वा अभ्यास सन्चालन गर्ने,गराउने’ कसुर उनिहरुले गरेको प्रहरीको ठहर छ।

    यो कसुर गर्नेविरुद्ध रेडियोधर्मी पदार्थ जफत गरि ५ देखि १० वर्षसम्म कैद सजाय र ७ लाखदेखि १२ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

    प्रहरीले उक्त बस्तु राखिएको घरकी मालिक जानुका तामाङ र बिक्री गर्न सक्रिय रहेको आरोपमा अन्य तीन जनालाई पक्राउ गरेको थियो।  जानुकाले आफ्ना ससुराले भारतमा युरेनियम उत्खनन् गर्दा २०/२५ वर्ष अघि चिनोका रुपमा उक्त बस्तु घरमा ल्याएर राखेको बयान दिएकी छिन्।

    ‘ससुराले २०४७/४८ सालतिर ल्याउनु भएको रहेछ। २०५१ सालतिर घर बनाएको हो। त्यसको पाँच वर्षपछि मात्र विवाह भएर म उहाँहरुको घरमा भित्रिएकी हुँ’, जानुकाले भनेकी छिन्। उनका ससुरा र श्रीमान हाल अमेरिकामा छन्। ससुरा अम्बरलाई प्यारालाइसिस भएको र स्वास्थ्य अवस्था कमजोर रहेको जानुकाले बताएकी छिन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑