• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्य समितिको पदस्थापन

  • वीरगंज संजाल
  • Apr 3, 2021, 11:25 pm
  • ७७८१

    वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरूको शपथ तथा पदस्थापन गरिएको छ । संघको ४५ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्य समितिको शुक्रबार साँझ वीरगञ्जमा पदस्थापन भएको हो ।

    समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजीक्षेत्रको प्रवर्द्धन नभई अर्थतन्त्रको उन्नति हुन नसक्ने बताए । प्रदेश सरकार निजीक्षेत्रको उत्थानका लागि सहकार्यमा अग्रसर भएको भनाइ मुख्यमन्त्री राउतको थियो ।

    निजीक्षेत्रको नेतृत्व नयाँ सम्भाव्यताको खोजी र समस्याहरूको समाधानमा रचनात्मक बन्नुपर्ने पनि उनले बताए । सांसद प्रदीप यादवले बारा–पर्सा औद्योगिक कोरिडोरमा उद्योग र मानवबस्तीबीच विभिन्न खालका समस्या देखिएको भन्दै समाधानका लागि उद्योगी जिम्मेवार बन्नुपर्ने बताए ।

    उद्योगीहरूले स्थानीयबासिन्दाको सरोकार सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्ने सांसद यादवको भनाइ थियो । उद्योग सञ्चालनको अनुमति लिँदा स्वीकार गरेका शर्तहरूको पालना भए समस्या न्यूनीकरण हुने उनले बताए ।

    वीरगञ्ज महानगरका नगर प्रमुख विजयकुमार सरावगीले उद्योग व्यवसायको प्रवद्र्धन नै आर्थिक विकासको आधार भएको बताए । निजीक्षेत्र र लगानीमैत्री वातावरण निर्माणको खाँचो पनि उनले औंल्याए ।

    प्रदेश २ का प्रदेशसभा सदस्यसमेत रहेका संघका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले सरकार उद्योग व्यापार क्षेत्रका समस्याको निकासमा उदासीन रहेको आरोप लगाए । बारा–पर्सा क्षेत्रबाट सरकारले करमात्र उठाउने उद्देश्य राखेको आरोप पनि उनले लगाए ।

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोना महामारीबाट थलिएको उद्योग व्यापार क्षेत्रलाई प्रोत्साहन हुने गरी नीति निर्माण गर्न आग्रह गरे । निजीक्षेत्रका अपेक्षा सम्बोधन नभएसम्म आर्थिक विकासको उद्देश्य पूरा हुन नसक्ने दाबी उनको थियो ।

    संघका निवर्तमान अध्यक्ष गोपाल केडियाले निजीक्षेत्रका स्वाभाविक अपेक्षाहरूको सम्बोधनमा समेत सरकारले अपेक्षित काम गर्न नसकेको गुनासो गरे ।

    नवनिर्वाचित अध्यक्ष सुवोधकुमार गुप्ताले निजीक्षेत्रका माग सम्बोधन गराउन निजीक्षेत्रका संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए । आफ्नो कार्यकाललाई रचनात्मक बनाउने र यो उद्देश्यमा सबै पक्षको सहयोगको अपेक्षा राखेको पनि अध्यक्ष गुप्ताको भनाइ थियो ।

    राजपाल उपाध्यक्षमा मनोनित

    संघले माधव राजपाललाई तृतीय उपाध्यक्षमा मनोनित गरेको छ । संघको कार्य समितिको पहिलो वैठकले रोजगारदाता परिषद्को अध्यक्ष रहने गरी उपाध्यक्ष बनाएको हो ।

    उपाध्यक्ष राजपाललाई प्रदेश २ का मुख्यमन्त्री राउत सहभागी एक कार्यक्रमबीच शनिबार पदस्थापन गरिएको छ । राजपाल यसअघि संघको महासचिव रहिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ
  • गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी
  • मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न
  • गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    इरानलाई ‘मक्का प्याक्ट’मा सामेल हुन निमन्त्रणा !

    ट्रम्पको स्वास्थ्यमा देखिएको अर्को समस्या

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    News

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    News

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    News

    गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु

    News

    शशिधरलाई रिसोर्ट चलाउन दिएको ४८ करोड दुरुपयोग: प्रभु बैंकका सीईओ शेरचन र रश्मीसहित ७ विरुद्ध मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑