वीरगञ्ज । व्यपारीलाई फोन मार्फत धम्कि दिएर फिरौती माग गर्ने दुईजना पक्राउ परेका छन् ।वीरगञ्जमा एकजना व्यपारीलाई फोन मार्फत धम्कि दिँदै १५ लाख रुपैयाँ फिरौती रकम माग गर्ने एकजना किशोरसहित पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईका २२ वर्षीय प्रज्वल तिवारी र सोही वडा बस्ने एकजना १७ वर्षीय किशोर रहेका छन् ।
उनीहरुले व्यपारीलाई फोन मार्फत धम्कि दिँदै १५ लाख रुपैयाँ माग गरेपछि व्यापारीले प्रहरीमा दिएको उजुरीको आधारमा फोन ट्रेस गरेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले उनीहरुलाई चैत १५ गते आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ स्थित तिलावे खोलाको किनारबाट पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।
दुबैलाई नियन्त्रणमा राखेर आपराधिक लाभ सम्बन्धी कसूर मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी खनालले बताए ।