• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज छपकैयाकी मुस्कान खातुनको थपियो मुस्कान

  • वीरगंज संजाल
  • २२ फाल्गुन २०७७, शनिबार ०७:०३
  • ७३५३

    वीरगन्ज । पर्साको वीरगन्ज छपकैयाकी मुस्कान खातुन १५ वर्षको उमेरमा गत वर्ष भदौ २० गते स्कुल जाँदै गर्दा तेजाब (एसिड) आक्रमणमा परेकी थिइन्। तर, तत्काल मुस्कानले पत्तो पाइनन् कि को किन के फालेर गयो ? अब के हुन्छ ? एसिडले जलेका अंगको उपचार गर्न मुस्कान पाँच महिनाभन्दा बढी अस्पताल बस्नुपर्‍यो।

    उनै मुस्कानलाई शुक्रबार बिहान अमेरिकी दूतावासबाट फोन आयो। खबर थियो– मुस्कानले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी) पुरस्कार प्राप्त गरिन्। अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङकेनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ मा भर्चुअल कार्यक्रम गरी उक्त पुरस्कार प्रदान गर्नेछन्।

    बुवाको मोबाइलमा आएको उक्त खबरले मुस्कान निःशब्द बनिन्। बुवाआमाले कसेर अँगालो हाले। खुसीको आँसु बर्सियो। तीनै जना धेरै बेर रोए। केही दिनअघि आफू मनोनयनमा परेको थाहा पाए पनि अवार्ड नै पाउने विश्वास गरेकी रहिनछन् मुस्कानले। ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरका रूपमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाब सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिन्, जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे’, दूतावासले प्रेस विज्ञप्तिमा लेखेको छ, ‘यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्वपूर्ण थियो। नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ।’

    यो पुरस्कार हरेक वर्ष संसारभर उत्कृष्ट काम गरेका महिलाको सम्मानस्वरूप प्रदान गरिँदै आएको छ। अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई प्रदान गर्ने निर्णय गरेको अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। यसअघि किशोरी शिक्षाका लागि अग्रसर पाकिस्तानी नोवेल पुरस्कार विजेता मलाला युसफजाईले यो अवार्ड प्राप्त गरेकी थिइन्।
    मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुन्। पुरस्कार पाउनेमध्ये उनी संसारकै कम उमेरकी रहेको जनाइएको छ। अमेरिकी राजदूत रेन्डी बेरीले ट्विटरमार्फत मुस्कानलाई बधाई दिँदै उनले यो उत्कृष्ट पुरस्कार जितेको जानकारी दिएका छन्। बेरीका अनुसार एसिड आक्रमण अन्त्यका लागि मुस्कानले निर्वाह गरेको सकारात्मक भूमिकाका लागि यो पुरस्कार प्रदान गरिएको हो।

    एसिड आक्रमण भएदेखि बुवाआमाले मुस्कानलाई सदैव भनिरहे, ‘अगाडि बढिरहनू, हामी साथ छौं। तिमीलाई जस्तो अरू कसैलाई नहोस् भनेर यो क्षेत्रमा काम गर्नुपर्छ। अरूका लागि काम गर्नुपर्छ। फेरि अर्को मुस्कान खातुनलाई एसिड हान्ने कसैको हिम्मत नआओस्।’

    बुवाआमाकै प्रेरणामा मुस्कानले एसिडपीडितका लागि काम गर्ने सपना बुनिन्। ‘एसिडले बनाएको यो दागले मेरो सपना रोक्न सक्दैन। सबैको माया र सहयोगले यो सफलता पाएकी हुँ’, उनले भनिन्, ‘न्यायका लागि संघर्ष गरें। कानुन पनि बन्यो। महिलामाथि हुने हिंसाविरुद्ध आवाज बन्ने, उहाँहरूलाई न्याय दिलाउन प्रयास गर्ने मेरो सपना छ।’

    एसिडको दागले उनलाई धेरै कुरा सिकायो। ‘अनुहारको बाहिरी सुन्दरता खासै ठूलो कुरा हैन। यो त उमेर बढ्नासाथ आफैँ घटेर जान्छ। परिवर्तन भएर जान्छ। तर, काम र सपना ठूलो कुरा हो। कामलाई लिएर अगाडि बढ्नुपर्छ’, उनले भनिन्, ‘हिंसा अपराधबारे बोल्नुपर्छ। आफूलाई त भयो अन्यलाई नहोस् भनेर हिंसाविरुद्ध आवाज उठाउनुपर्छ। कसैले पनि आफ्नो जस्तो पीडा खप्नु नपरोस् भन्ने लाग्छ मलाई।’

    उनले एसिड आक्रमणविरुद्ध कडा कानुन बनेको बताइन्। पहिले घाउ चोट हेरेर पाँच वर्षसम्म जेल सजाय थियो तर अहिले अपराध हेरेर २० वर्षसम्म कैदको व्यवस्था बनेको छ। केही एसिडपीडितले जागिरसमेत प्राप्त गरिसकेको जानकारी उनले दिइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑