वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ७ लाख रुपैया हुण्डीको रकमसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।अवैध हुण्डीको कारोवार भइरहेको विशेष सुचनाको आधारमा चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा न. १६ रजतजयन्ती चोकबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिआर ०५ एडि ६८६९ भारतीय नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउने क्रममा शंका लागी चेकजाँच गर्दा स्रोत नखुलेको ७ लाख रपैँयासहित भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा न. २५ बस्ने संजय कुमार गुप्ता र सोही ठाउँका बिनोद कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवैजनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले जानकारी दिनुभयो ।