बिरगंज । दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंचको आयोजनामा जिरा भवानी वडा न.१ कार्यालयको सहकार्य र दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा शनिबार पर्सा जिल्लाको जिरा भवानी गा. पा. वाड न.१ को श्री नेपाल राष्ट्रिय आघारभूत विघालयको प्राङ्गणमा संस्थाका अघ्यक्ष बृजेशवर प्रसाद चौघरीको अघ्यक्षतामा र वडा अध्यक्ष शेख नुमान आजमको प्रमुख आतिथ्य निःशुल्क ऑखा शिविर सम्पन्न भएको छ।
त्यसैगरि विशिष्ट अतिथिमा वडा सदस्य योगेन्द्र प्रसाद यादव, महादेव पटी प्रहरी चौकीका प्र. स. नी. राम उदगार महतो,अतिथिमा दृष्टि ऑखा विशेषज्ञ रन्जना चौघरी,ऑखा विशेषण संगिता मण्डल,दृष्टि ऑखाका सचिव रैजू प्रसाद शाह,सारिका थापा,रामसूरत चौघरी लगायत स्थानीयहरुकोउल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन संस्थाका सदस्य कन्हैया पटेलले गर्नु भएको थियो ।आँखा शिबिरमा २१८ जनाको चेकजॉच भएकोमा ५२ जना मोतियाविन्द भएको थियो भने २२ जनालाइ निःशुल्क ड्रप पनि दिइयो।मोतियाबिंद भएकालाई अस्पतालले ६० प्रतिशतको छुटका साथ शल्यक्रिया देखी लिएर औषधि , चश्मा, ब्लड चेकअप लगायत गाउ देखी वीरगंजसम्म आउन जानको लागी गाडीको ब्वयस्था पनि गरिएको छ। मोतियाबिन्द भएकालाइ पालो पालै दुइ पटक गरी दुइ बिटमा यसै हप्ता मंगलवार र बुघवार शल्य क्रिया गरिने अस्पतालले जनाएको छ ।