आज:
  • होमपेज / Breaking News

    के हुँदैछ २३ माघमा ?

  • वीरगंज संजाल
  • २२ माघ २०७७, बिहीबार २१:४६
  • ३१०९

     वीरगंज | विभाजित नेकपाका दुई समूहले आफ्नो पक्ष प्रमुख भएको देखाउन जनप्रदर्शन र सभालाई माध्यम बनाएका छन्। यही मेसोमा ओली समूहले २३ माघमा नारायणहिटी दरबारअगाडि आमसभा राखेपछि यसलाई धेरै कोणबाट व्याख्या गर्न थालिएको छ।

    नेकपाका दुई वटै समूहले अहिले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका दुवै समूह कार्यकर्ता र माहौल आफ्नो पक्षमा पार्न देशव्यापी प्रदर्शन, भेला तथा सभा गरिरहेका छन्।

    दाहाल–नेपाल समूहले ९ माघमा काठमाडौंमा ‘शक्ति प्रदर्शन’ गरेका थिए। त्यसको जवाफमा ओली समूहले पनि २३ माघमा काठमाडौँमा सभा आयोजना गरेको छ। उक्त समूहले दुई लाख मानिस उतार्ने घोषणा गरेपछि दाहाल–नेपाल समूहले जवाफमा २८ माघमा अर्काे सभा गर्ने घोषणा गरेको छ।

    ओली समूहका केन्द्रीय सदस्य तथा बागमती कमिटी अध्यक्ष आनन्द पोखरेल आफूहरूले गर्न लागेको शक्ति प्रदर्शन आगामी चुनाव केन्द्रित भएको बताउँछन्। उनी भन्छन्, “आगामी वैशाख १७ र २८ गते चुनाव घोषणा भएको छ। चुनावको सन्देश दिनका लागि यो कार्यक्रम गर्न लागिएको हो।” चुनाव जितेर सरकार चलाउने आफ्नो दलको लक्ष्य रहेकाले शक्ति बलियो बनाउन जनसभा गरिएको उनी बताउँछन्।

    दाहाल–नेपाल समूहले ९ माघमा काठमाडौँमा ‘शक्ति प्रदर्शन’ गरेका थिए। त्यसको जवाफमा ओली समूहले पनि २३ माघमा काठमाडौँमा सभा आयोजना गरेको छ। उक्त समूहले दुई लाख मानिस उतार्ने घोषणा गरेपछि दाहाल–नेपाल समूहले जवाफमा २८ माघमा अर्काे सभा गर्ने घोषणा गरेको छ।
    यसअघि नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये ‘हामीसँग बहुमत छ’ भन्नेहरूलाई जनताको बहुमत कता छ भन्ने देखाउन २३ गते शक्ति प्रदर्शन राखिएको ओली समूहका अर्का एक केन्द्रीय सदस्य बताउँछन्। उनले भनेजस्तै धेरै जनसहभागिता देखाउन ओली पक्षले काठमाडौँ बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता ल्याउने तयारी गरेको छ।

    यसअघि दाहाल–नेपाल समूहले पनि काठमाडौँ बाहिरबाट कार्यकर्ता ओसारेका थिए। ओली पक्षलाई सभामा दाहाल–नेपाल समूहले भन्दा बढी संख्या देखाउनुपर्ने बाध्यता छ। ओलीले सभामा ९ माघको सभामा भन्दा बढी कार्यकर्ता उतार्ने आशंकामा दाहाल–नेपाल समूहले २८ माघमा फेरि अर्को सभा राखेका हुन्।

    तर, दाहाल–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसाल आफूहरूको आन्दोलन प्रतिगमन विरुद्ध र अग्रगमनका पक्षमा भएको बताउँछिन्। “प्रतिगमनकारीसँग हाम्रो प्रतिस्प्रर्धा नै हुँदैन, हामी अग्रगमनका लागि लडेका छौँ,” भुसाल भन्छिन् “प्रतिनिधिसभा पुन:स्थापना नभएसम्म हामी आन्दोलन जारी राख्छौँ।”

    ओलीको सभा किन राखियो दरबारमार्गमा ?

    नेकपाका दुवै समूहका नेता अहिले आरोप–प्रत्यारोपमा छन्। दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले १८ माघमा माइतीघर मण्डलमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै २३ गतेको आमसभाबाट ओलीले हिन्दू राष्ट्र घोषणा गर्न सक्ने बताए। ओली समूहले नारायणहिटी दरबार संग्रहालयअघि सभाका लागि मञ्च बनाउने भएपछि त्यसलाई ‘राजतन्त्र फर्काउने कसरत’ गरेको अर्थमा पनि दाहाल–नेपाल समूहले व्याख्या गर्ने गरेको छ।

    तर, ओली समूहका नेताहरू दाहाल–नेपाल समूह अतालिएर विभिन्न आरोप लगाउन थालेको बताउँछन्। सो समूहका नेता आनन्द पोखरेल नारायणहिटी दरबार संग्रहालय वरपरको भागलाई आमसभा स्थलका लागि रोज्नुमा प्राविधिक कारण मात्र भएको बताउँछन्। काठमाडौँमा धेरै मानिस अट्ने खुला स्थानको अभाव भएको र ट्राफिक जामको समस्या कम गर्न उक्त ठाउँमा सभा गर्न लागिएको उनी बताउँछन्।

     

    “काठमाडौँ उपत्यकामा धेरै खाली ठाउँ भएनन्। प्रदर्शनी मार्गमा धेरै मानिस अट्ने ठाउँ छैन। रत्नपार्कमा प्रदर्शनी मार्गभन्दा पनि थोरै अट्छन्। कम्तीमा दुई लाख मानिस आउँछन् भन्ने हाम्रो अनुमान हो,” पोखरेल भन्छन्।

    नेकपा मालेका महासचिव सीपी मैनाली पनि विरोधी खेमाले भनेजस्तो ओली समूहले नारायणहिटी संग्रहालय अगाडि सभा गर्नु प्राविधिक कारण मात्र रहेको बताउँछन्। “आमसभा स्थललाई राजनीतिक कारणसँग जोडेर हेर्न सकिन्न, नारायणहिटी संग्रहालय अगाडि मञ्च बनाउँदा धेरै मानिस अटाउन सजिलो हुन्छ,” उनी भन्छन्।

    चुनाव गराउने ओली मुड ?

    प्रतिनिधि सभा विघटनपछि त्यस विरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ। मुद्दाको अन्तिम किनारा नलागेसम्म आगामी वैशाखका लागि घोषणा गरिएको निर्वाचन हुन्छ वा हुँदैन भन्ने अन्योल छ। तर, प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। ५० लाख लोकप्रिय मत ल्याउने उनको दाबी छ।

    उता दाहाल–नेपाल समूहले भने ओलीले निर्वाचन नै नचाहेको बताउँदै आएका छन्। ओली आफू हार्ने निर्वाचनमा नजाने, बरु विभिन्न बहानामा निर्वाचन सारेर लामो समयसम्म सत्तामा बस्ने षड्यन्त्रलमा लागेको दाहाल–नेपाल समूहको दाबी छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम चुनाव केन्द्रित देखिन्छन्। पशुपतिनाथ मन्दिरमा पूजा, चितवनको अयोध्यापुरी प्रसंग र राष्ट्रियताका विषय यसैका संकेत हुन्।
    तर, ओली आफूले जित्न नभएर दाहाल–नेपाल समूहलाई पराजित गर्न पनि निर्वाचनमा जाने रणनीतिमा छन्। “केपी ओलीका कारण बहुमत आएको होइन भनेका थिए, बहुमत कसका कारणले आएको रहेछ भन्ने अबको चुनावमा थाहा हुन्छ,” आफ्नो नाम उल्लेख गर्न नचाहने ओली समूहका एक नेता भन्छन्, “हैसियत त चुनावमा देखिने हो। हैसियत देखाउन पनि चुनावमा जान परेको हो।”

    २०५६ सालमा भएको आम निर्वाचनमा पनि तत्कालीन मालेलाई शून्य सीटमा पुर्‍याउन एमालेले यही रणनीति उपयोग गरेको थियो। त्यति वेला माले विजयी हुने सम्भावित क्षेत्रमा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवारलाई सघाएका थिए। जसका कारण महासचिव वामदेव गौतम लगायत सबै नेता पराजित भएका थिए। अहिले ओली समूह त्यही सिको गर्ने रणनीतिमा छ।

    प्रधानमन्त्री ओलीका पछिल्ला कदम चुनाव केन्द्रित देखिन्छन्। पशुपतिनाथ मन्दिरमा पूजा, चितवनको अयोध्यापुरी प्रसंग र राष्ट्रियताका विषय यसैका संकेत हुन्।

    नेकपामा विभाजन आएपछि अध्यक्षको पद माग्दै पुगेका वामदेव गौतमलाई ओलीले आफू आफ्नै पार्टीबाट फुटेकाहरूसँग लड्नुपर्ने कमाण्डरका रूपमा रहेकाले अध्यक्ष दिन नसक्ने बताएका थिए।

    ओलीसँग लामो राजनीतिक संगत गरेका नेकपा मालेका महासचिव मैनाली ओलीले निर्वाचनमा बलियो हुन र आम मतदाताको विश्वास जित्न नयाँ फण्डा निकाल्न सक्ने बताउँछन्। तत्कालीन एमालेमा पनि राष्ट्रियता र माओवादीको मुद्दामा स्पष्ट अडान राखेका कारण नै ओली स्थापित भएको उनको भनाइ छ। “ओलीले अहिले संघीयता खारेज वा हिन्दू राष्ट्र घोषणा गर्छन् भन्ने हावा कुरा हो,” मैनाली भन्छन्, “ओलीले त्यो काम गरेमा झन् कमजोर बन्छन्।”

    मैनालीका अनुसार, संघीयता र हिन्दू राष्ट्रको पक्षमा भएको मत तान्न ओलीले कुनै उपाय अवलम्बन गरे भने त्यो आश्चर्य हुँदैन। “ओली राजनीतिका माहिर खेलाडी हुन्। उनले नयाँ-नयाँ जुक्ति अपनाउन सक्छन्, त्यसैले उनले कुनै नयाँ कदम चाले आश्चर्य हुँदैन,” उनी भन्छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑