• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तेस्रो मुलुकबाट ल्याइएको २८ करोडको मल भिजेरै बर्बाद, कृषक भारतबाट ल्याउँन बाध्य

  • वीरगंज संजाल
  • २१ माघ २०७७, बुधबार २१:४१
  • ४६४५

    वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तेस्रो मुलुकबाट ल्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड रुपैयाँ मूल्य बराबरको ६ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ।

    गत भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको सबै मल पानीले भिजेर डल्ला परेको हो।

    २८ करोड रुपैयाँ मूल्य बराबरको १ लाख २५ हजार बोरा मल काम नलाग्ने भएको र त्यसको जिम्मेवारी कर्पोरेसनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए।

    कम्पनीले आयातकर्ता स्विस सिंगापुरमार्फत मल ल्याएको हो। मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएका छन्।

    मलको आपूर्तिकर्ता स्विस सिंगापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो। तर मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुन सकेको छैन।

    सिंगापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपुर्‍याएको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बंगाललको खाडीमा आएको आँधीका कारण मल भिजेको हुन सक्ने प्रमुख लामिछानेको भनाइ छ। उनले थपे, ‘भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेसनले लिँदैन।’

    भिजेको र डल्लो परेको मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्विस सिंगापुरले लिनुपर्ने नसकिने बताइएको छ। भिजेर बिग्रिएको अवस्थामै मल आएकाले जाँचपास हुन नसकेको भए पनि कुनै प्रायोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए।

    रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जहीतहीं छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ।

    ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँचपास गर्न कानुनी प्रावधान नभएकाले त्यस्ता मल नष्ट गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

    प्रतिबोरा १३२ रुपैया २० पैसा सरकारी अनुदानमा आयात भई भित्रिएको मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्न सकेन।

    डलरमा प्रतीतपत्र खोलेर तेस्रो मुलुकबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानुनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काई आयात गरिएको बताइएको छ। रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑