• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज नाकाबाट ६ महिनामा साढे १९ अर्बको निकासी, भटमासको तेल मात्रै साढे ११ अर्बको

  • वीरगंज संजाल
  • ७ माघ २०७७, बुधबार १७:३२
  • ४७५३

    वीरगंज। देशको प्रमुख भन्सार नाका वीरगंजबाट पछिल्लो ६ महिनाको अवधिमा १९ अर्ब ५३ करोड ९० लाख ९७ हजार मूल्य बराबरको मालसामान निकासी भएको छ । यसमध्ये सबैभन्दा धेरै निकासी भटमासको तेलको भएको भन्सारको तथ्यांकले देखाएको छ।

    चालू आर्थिक वर्ष २०७७/७८ को गत साउनदेखि पुस मसान्त सम्म यो मूल्य बराबरको मालसमान निर्यात भएको हो। यो अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को भन्दा ६.१० प्रतिशतले बढि हो। आव २०७६/०७७ मा १८ अर्ब ४१ करोड ५१ लाख ८९ हजार मूल्यबराबरको मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिए ।

    चालू आवको पहिलो ६ महिनामा वीरगंज नाकाबाट भटमासको तेल सबैभन्दा बढी भारततर्फ निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले बताए ।कोरोना महामारीका कारण चालु आर्थिक बर्षको झण्डै ४ महिना वीरगंज नाकाबाट भारततर्फ हुने निकासी समेत प्रभावित भएपनि निकासीमा सकारात्मक वृद्धि देखिएको उनले बताए।

    चालू आवको प्रथम ६ महिनामा वीरगंज नाकाबाट मात्रै ११ अर्ब ५५ करोड ८१ लाख ३३ हजार मुल्य बराबरको ७ करोड ८३ लाख ४१ हजार ७ सय २९ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ। वीरगंज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ वटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन्। गत आव २०७६/७७ को साउनदेखि पुससम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३०२ प्रतिशतले बृद्धि भएको वीरगंज भन्सार कार्यालयको तथ्यांकले देखिएको छ ।

    पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको आचार्यले स्पष्ट पारे। त्यसैगरी वीरगंज नाकाबाट डाबर नेपालले उत्पादन गरेको जुस, दन्तमञ्जन, च्यावनप्राशसहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैंचा, कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य बस्तु रहेका छन्।

    भारततर्फ डाबरको जुस तथा जाम १ अर्ब ६४ करोड ८४ लाख ६० हजार मूल्य बराबरको निर्यात भएको छ भने च्यावनप्राश, त्रिफला, बतिसा ६६ करोड २० लाख १५ हजार मुल्य बराबरको निर्यात भएको छ। डाबर दन्तमन्जन मात्रै ५५ करोड ३० लाख २३ हजारको निर्यात भएको छ भने जमोठ कपडा ६६ करोड ६५ लाख ९५ हजार मूल्य बराबरको निर्यात भएको छ।

    ५० करोड २ लाख ६२ हजार मुल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ भने नेपालबाट ४८ करोड ४६ लाख ८२ हजार मुल्य बराबरको स्पोर्ट सुज निर्यात भएको वीरगंज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। त्यसैगरी आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीट लगायत वस्तु समेत ठूलो परिणाममा भारत तर्फ निर्यात हुने गरेको वीरगंज भन्सारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    News

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑