बारा | बारा प्रहरीले निजगढमा डेढ बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ। प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १३ पानीसरा र शक्तिखोलास्थित ऐलानी जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको जनाएको छ।
ईलाका प्रहरी कार्यालय निजगढ र अस्थयी प्रहरी पोस्ट रतनपुर बाराको संयुक्त टोलीद्वारा उक्त गाँजा खेती नष्ट गरिएको बारा प्रहरीले जनाएको छ। बाराका चुरे क्षेत्रमा व्यापक गाँजा खेती भएको सूचनाको आधारमा प्रहरीले विगत एक महिनादेखि गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ।