• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा जाडो भगाउन आगोकै सहारा

  • वीरगंज संजाल
  • ७ माघ २०७७, बुधबार ०९:१७
  • ३५८१

    वीरगन्ज । पछिल्लो हप्ताको निरन्तरको अत्यधिक जाडोले प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ ।लगातार हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारी छ । पाँच दिनपछि सोमबार थोरै घाम लागे पनि मंगलबार बिहानदेखि फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भयो ।चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । चिसोले बजार क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ । एक्कासी चिसो बढे पनि प्रदेश २ का जिल्लामा कुनै किसिमको पूर्व तयारी नगरिँदा गरीब र विपन्नलाई कठ्यांगि्रएरै जीवन धान्नुपरेको छ ।

    अत्यधिक जाडोका कारण प्रदेश २ मा ४ जनाको मृत्यु भइसकेको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार सिरहामा तीन जना र सर्लाहीमा एक जनाको मृत्यु भएको छ । यसमध्ये सिरहामा आगो ताप्ने क्रममा जलेर २ जनाको मृत्यु भएको छ ।जाडोलाई चिर्न भन्दै बिभिन्न जिल्लामा दाउरा वितरणलाई नै प्राथमिकतामा राखिएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीमा दाउरा वितरण गरिएको छ । र, त्यसलाई बालेर जाडो भगाउने तयारी थालिएको छ । यसबाहेक न्यानो कपडा वितरण गर्ने निर्णय पनि जिल्लाहरुमा गरिएको छ । कतिपय जिल्लामा भने आगो ताप्ने कामलाई प्राथमिकतामा राखिएको छैन ।

    कुन जिल्लामा कस्तो तयारी ?

    प्रदेशका ८ वटै जिल्लामा जाडोबाट जोगाउन बिभिन्न निर्णय गरिएको छ । अधिकांश जिल्लाको विपद् व्यवस्थापन समितिले आगो बाल्नका लागि दाउरा वितरण गर्ने र न्यानो कपडा वितरण गर्ने कामलाई प्राथमिकतामा राखेका छन् । भएको निर्णय कतिपय जिल्लामा कार्यान्वयन हुन थाले पनि कतिपयले अझै गर्न सकेको छैनन् ।

    सप्तरीमा स्थानीय तहले नै शितलहरको पूर्व तयारी गर्ने भनेर निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले दुई पटक बसेको विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहले योजना बनाएर आ-आफ्नो पूर्व तयारी गर्ने निर्णय भएको बताए ।

    यस्तै, आगो बाल्नका लागि वन कार्यालयसँग दाउराका लागि समन्वय गर्ने निर्णय भएको बताए । ‘सदरमुकाम राजविराजमा दाउरा बाल्ने प्रबन्ध म आफैं पनि मिलाएको छु,’ उनले भने, ‘स्थानीय तहले काम गर्दै होला ।’

    सिरहामा गरीब र विपन्नको तथ्यांक संकलन गरी न्यानो कपडा वितण गर्ने निर्णय भएको छ । कात्तिक १९ गते नै बसेको विपद् व्यवस्थापन समितिको बैठकले शितलहरी पूर्व तयारी तथा प्रतिकार्य योजना २०७७ पारित गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

    अहिले स्थानीय स्तरको विपद व्यवस्थापन समिति समेत भएकाले सोही समिति मार्फत् गरीब र विपन्नको तथ्यांक संकलन गरी न्यानो लुगा वितरण गर्ने निर्णय भएको बताउँदै यसमा सकभर सरकारी खर्च नहुने गरी काम गर्ने सल्लाह भएको उनले बताए । तथ्यांक संकलन नगरी बिक्री वितरण गरिए गोलमाल समेत हुने भएकाले यस किसिमको निर्णय गरिएको बताउँदै कणेलले हुनेले नहुनेलाई एउटा न्यानो कपडा उपलब्ध गराउन आग्रह गरिएको बताए ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला जिल्लामा स्थानीय तह र संघ-संस्थाले न्यानो कपडा वितरण गरिरहेको बताए । ‘हामी आफैंले केही गरेका छैनौं,’ उनले भने, ‘स्थानीय तह र संघ-संस्थाले कपडा बितरण गरिरहँदा जिल्ला विपद् व्यवस्थापन समितिले समन्वय चाहिँ गरिरहेको छ ।’

    महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमली पनि गरीब र विपन्नको पहिचान गरी न्यानो कपडा वितरण गर्ने निर्णय भएको बताउँछन् ।

    यसबाहेक सहुलियत दरमा वनले दाउरा उपलब्ध गराउने सहमति अनुसार स्थानीय तहहरुले दाउरा लगिरहेको उनले बताए । यद्यपि न्यानो कपडा वितरण गर्ने कार्य भने अब शुरु हुने उनले बताए । ‘स्थानीय तहमा रकम अपुग भए जिल्ला विपद् व्यवस्थापन समितिले पनि सहयोग गर्छ,’ उनले भने ।

    सर्लाहीमा पनि दाउरा र न्यानो कपडा वितरण गर्ने निर्णय भएपनि न्यानो कपडा वितरणको काम अघि बढ्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल पालिकाहरुले वनबाट दाउरा लगिरहे पनि कपडा वितरणको कार्य शुरु हुन नसकेको बताउँछन् । ‘अस्तिको दिनसम्म बाँड्नुपर्ने अवस्था थिएन । जाडो बढ्दा पालिकाहरुले यस्तो गरिदिनुपर्छ पनि भनेका छैनन्,’ पौडेल भन्छन्, ‘हामीले न्यानो कपडाका लागि व्यापारीसँग मौखिक समझदारी गरिसकेकाले आवश्यक परेमा तत्काले कपडा उपलब्ध हुन्छ ।’

    सर्लाहीमा भने एउटा स्थानीय तहलाई चार चट्टा -२० फिट लम्बाइ, ५/५ फिटका दरले चौडाइ र मोटाइ) भएको दाउरा उपलब्ध गराउने सहमति भएको छ । यो सहमति अनुसार स्थानीय तहहरुले दाउरा लगिरहेका छन्,’ उनले भने, ‘आवश्यक्ता परेमा थप उपलब्ध गराइनेछ ।’

    रौतहटमा भने शुरुवाती क्रममा एक स्थानीय तहलाई दुई चट्टा दाउरा उपलब्ध गराइनेछ । प्रमुख जिल्ला अधिकारी इन्द्रेव यादव डिभिजन कार्यालयसँग समन्वय गरेर दाउरा उपलब्ध गराउने काम भइरहेको बताउँछन् । यसबाहेक न्यानो कपडा वितरण गर्ने काम पनि भइरहेको उनले बताए ।

    बाराका स्थानीय तहलाई दुई चट्टाका दरले दायरा उपलब्ध गराइनेछ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल न्यानो कपडा र कम्बल पनि ठाउँ-ठाउँमा वितरण भइरहेको बताए ।

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीम पौडेल भने शितलहरका समयमा दाउरा किनेर वितरण गर्ने निर्णय भए पनि वितरण भए/नभएको जानकारी आफूलाई नभएको बताए ।

    पर्सामा न्यानो कपडा खरीद गर्नका लागि टेण्डर लगाइए पनि सामान नै ल्याउन नसक्दा ठेकदारको १ लाख २० हजार धरौटी पनि जफत् भयो । त्यसपछि पुनः सूचना नै निकाल्न नसकिएको पौडेलले बताए ।

    सिरहा र धनुषामा प्राथमिकतामा छैन आगो

    आगोले क्षणिक जाडो भगाउने काम गरे पनि क्षति पनि धेरै गरेकाले सिरहा र धनुषामा आगो बाल्ने कार्यलाई प्राथमिकतामा राखिएको छैन । सिरहामा जाडोबाट बच्न न्यानो कपडा वितरण र जनचेतनालाई प्राथमिकतामा राखिएको छ ।

    आगो ताप्ने क्रममा जलेरै सिरहामा २ जनाको मृत्यु र १० जना घाइते भएपछि आगो बाल्ने कामलाई प्राथमिकतामा नराखिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल बताउँछन् । उनी भन्छन्, ‘सडकमा आगो बाल्ने, ताप्ने कार्य प्राथमिकतामा राखिएको छैन । बीच सडकमा आगो बाल्न नपाउने, सुरक्षित ठाउँमा बाल्ने र जसले बाल्छ निभाउने जिम्मा पनि उसकै हुने कुरा हामीले भनिसकेका छौं ।’

    बालिएको आगोले कुनै क्षति भएमा बाल्नेलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार १ लाखसम्म जरिवाना र एक महिनासम्म कैद गर्ने बिषयमा पनि जानकारी गराइएको उनले बताए । यद्यपि बटुवा तथा कामदारलाई लक्षित गरेर सुरक्षित ठाउँमा आगो बाल्ने काम नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भइरहेको कणेलले बताए ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला आगो बालेर ताप्दा साइड इफेक्ट देखिएकाले यो कार्य यस पटक विपद् व्यवस्थापन समितिको निर्णय मार्फत् नगरिएको बताए । ‘पोहोरदेखि नै आगो बाल्ने कार्यलाई प्राथमिकतामा राखिएको छैन,’ उनले भने, ‘आगलागी हुने । बाटो भत्किने र मान्छे समेतको मृत्यु भएपछि आगो बाल्ने कार्यलाई प्राथमिकतामा राखिएन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑