बिरगंज । राहुल गुप्ता । नेकपा सरकारको प्रधानमन्त्री केपि ओलिद्वारा गरिएको “असंबैधानिक संसद विघटन र बर्तमान राजनैतिक अवस्था” बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ ।
शैलजा आचार्य स्मृति प्रतिष्ठान पर्साको आयोजनामा आइतबार नेपाली काङ्ग्रेस पार्टी कार्यालय श्रीपुरमा सम्पन्न भयो ।
शैलजा आचार्य स्मृति प्रतिष्ठान पर्साका अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा भएको सो बिचार गोष्ठीका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं केन्द्रिय समिती सदस्य डा. डिल्ला संग्रौला रहनु भएको थियो ।
त्यसैगरि बिशिस्ट व्यक्तित्व नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार दुबेदी , पुर्व काङ्ग्रेस सभापति एवं पुर्व सान्सद राजेन्द्र बहादुर अमात्य , प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा , राजकिशोर साह , जिल्ला सचिव श्याम पटेल , महिला नेतृ डा. सुश्मा तिवारी दुबेदी , वडा न.१० का वडा अध्यक्ष राम नगिना प्रसाद कानु , बैकुण्ठ श्रीवास्तव , सन्तोष कुमार गुप्ता लगायतकाले आआफ्नो बिचार राखेका थिए ।