वीरगन्ज । पब्लिक एफ.एमको आयोजनामा शनिबार वीरगञ्जको कुम्हाल टोलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एफ.एमका निर्देशक प्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं.०५ का वडा अध्यक्ष प्रदिप प्रसाद चौरसिया, पुर्व वडा अध्यक्ष प्रदिप सिंह ठकुरी, वडा सदस्य मञ्जु परियार, संचारकर्मी किशोर सिंह,
सामुदायिक सेवा केन्द्र कुम्हाल टोलकी उपाध्यक्ष संजु दाहाल, समाज सेवी हेमन्त कुमार हमाल लगायत स्थानिय महिलाहरुले महिला हिन्सा तथा दाईजो बिषयमा आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा लालबाबु सिंह, संजय दास थारु, रेखा सिंह, एन्जल चौधरीको पनि सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।