वीरगंज। संसद विघटन सम्बन्धी मुद्धाको सुनुवाइका लागि संवैधानिक इजलासमा सपना प्रधान मल्लको इन्ट्री भएको छ ।गत बुधवार न्यायाधिश हरिकृष्ण कार्कीमाथि बरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले सो इस्यूको ‘मुद्धा नहेर्ने’ भन्दै ईजलास छाडेका थिए ।
संसद विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको आज सुनुवाइ हुँदैछ ।प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले बुधवार कार्किको ठाउँमा सपना मल्ललाई तोकेका हुन् ।मुद्धा सुनुवाइका लागि संवैधानिक ईजलासमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै त्यसको खारेजीको माग गर्दै सर्वोच्चमा दर्जन बढी मुद्धाहरु परेका छन् । सुनुवाइका लागि संवैधानिक इजलासमा निरन्तर छलफल हुँदै आइरहेको छ ।