कलैया । बाराको कलैयामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाईनल खेलमा बारा विजयी भएको छ । सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा सप्तरीलाई हराउँदै बारा विजयी भएको हो ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको बाराले ३९ ओभरमा ७ विकेट गुमाउँदै १९० रन बनाएको थियो । जबाफी व्याटिङ्गमा उत्रिएको सप्तरी १८७ रनमा समेटिएको थियो । आईतबार सम्पन्न सेमि फाईनलमा विजयी भएको पर्सा र सोमबार विजयी भएको बारा बिच मंगलबार फाईनल खेल हुनेछ ।