• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    मुटुरोगीका लागि चुरोटजत्तिकै हानिकारक हुन्छ चिनी

  • वीरगंज संजाल
  • Dec 16, 2020, 3:01 pm
  • ३५०५

    वीरगंज | स्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुष गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ । स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर थाहा हुनु जरुरी हुन्छ । किनकी यसले तपाईको स्वास्थयमा असर पारिरहेको हुन्छ । जस्तै चिनीको प्रयोग ।धुम्रपानजत्तिकै हानिकारक चिनी के तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं । क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोटकाे सेवनजत्तिकै हानिकारक हुन्छ ।

    मुटु रोगको कारण
    चिल्लो (फ्याट)ले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । गुलियोले खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा तपाईंमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ ।

    दिमागलाई कुलततर्फ धकेल्छ
    तपाईं चुरोट, मदिरा पिउनुहुन्न र जीवनभर त्यस्तै भएर बाँच्न चाहनुहुन्छ भने अत्यधिक गुलिया चिजहरुबाट टाढै रहनुहोस् । लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । उनीहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ । चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् । स्मरण होस्, डापामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।

    अनावश्यक भोक बढाउँछ
    बिहानको वा मध्य साँझको भोक मेट्न तपाईंले रसबरी, प्यास्ट्रिज वा अन्य गुलिया चिज खानुभएको छ भने जति ढिलो खाना खाने योजना बनाए पनि झन् छिटो भोक लाग्छ । यस्ता चिज खाएर १० मिनेट दौडेर क्यालोरी घटाउँछु भन्ने सोचमा हुनुहुन्छ भने तपाईंको गलत सोच हो । विभिन्न स्वरुपमा खाइने गुलियोले तपाईंको भोक मेट्दैन । मह र अन्य फलफूलम हुने उच्च तहको गुलियो (स्वाभाविक गुलियो)ले इन्सुलिनको मात्रा बढाइदिन्छ र भोक लाग्ने घ्रिलिन नामको हर्मोनलाई बढाइदिन्छ । जसका कारण तौल र मोटोपनमा वृद्धि हुन्छ ।

    चिनीले कलेजोलाई बिगारिदिन्छ
    खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ । तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ । फ्रक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हँुदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । तसर्थ मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न धेरै गुलिया परिकार र फलफूल अत्यधिक सेवन नगर्नुहोस् ।

    विभिन्न प्रकारका क्यान्सर
    अधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस्, शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्छ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

    इन्सुलिनको मात्रा बढ्छ
    एन्टी इन्सुलिन मेटाबोलिक सिन्ड्रोमको लक्षण र संकेत हो । मेटाबोलिक सिन्ड्रोम अन्र्तगत उच्च रक्तचाप, कोलस्ट्रोलको वृद्धिलगायत पर्छन् । तसर्थ बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरु जोखिममा पर्छन् ।

    दाँतका लागि हानिकारक
    चिनी तपाईंको दाँतका लागि हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । चिनी कसरी दाँतको शत्रु हो भन्ने विषयमा तपाईंलाई कौतूहल हुन सक्छ ।

    हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पुर्याउँछ ।

    मोटोपन बढाउँछ
    चिनीमा ठूलो मात्रामा सोस्न सक्ने विशेषता भएकाले यस प्रक्रियाबाट भोक जगाउने हर्मोन घ्रिलिन बढाइदिन्छ र गुलियो खाने व्यक्तिलाई भोक लागिरहन्छ । धेरै भोक लाग्दा मानिसले कार्बोहाइड्रेडयुक्त खाना खान्छ अनि मोटोपनको सिकार हुन्छ ।

    चिनीले तपाईंलाई बूढो देखाउँछ
    तपाईंको खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र चाउरी पर्छ । त्यस्तै गुलियो मात्राले अनुहारमा दाग देखिनुका साथै तपाईंको वास्तविक उमेरभन्दा बढी देखाउँछ ।

    मधुमेहको जोखिम
    बढी गुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑