• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आइपीएल : मुम्बई पाँचौ पटक च्याम्पियन

  • वीरगंज संजाल
  • Nov 11, 2020, 12:26 am
  • ४१९७

    बिरगंज ।  मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)टी२० क्रिकेटको १३औं संस्करणको उपाधि जितेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।


    सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा पराजित भएको मुम्बईले त्यसयता हरेक फाइनलमा जित हात पार्दै उपाधि जितेको छ । मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो । दिल्लीका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जिते । उनले सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेका थिए ।
    उनै कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेलेपछि मुम्बईले दिल्लीले दिएको १५७ रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर रोहितले ६८ रन बनाए । उनले ५१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । इशान कसनले अविजित ३३ रन योगदान गरे ।

    रोहितले पहिलो विकेटका लागि क्वीन्टन डे कक र दोस्रो विकेटका लागि सूर्य कुमार यादवसंग समान ४५ रनको साझेदारी गरे । डेक पाँचौ ओभरको पहिलो बलमा २० रन बनाएर आउट भए । डे ककलाई दिल्लीका मार्कुस स्टोइनिसले ऋषभ पन्तद्वारा क्याच आउट गराए । ११औं ओभरको पाँचौ बलमा रनिङ विटविन र विकेटमा तालमेल नमिल्दा सूर्यकुमार १९ रन बनाएर रनआउट भए । रोहितले तेस्रो विकेटका लागि इशान किसनसंग ४७ रनको साझेदारी गरे । इशन किसनले १९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।
    दिल्लीका लागि एनरिक नोर्किएले २ तथा कागिसो रबाडा, र मार्कुस स्टोइनिसले १ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयास ऐर र विकेटकिपर ऋषभ पन्तले अर्धशतक बनाए भने अन्य ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् । कप्तान श्रेयासले अविजित ६५ रन बनाए । उनले ५० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै ऋषभ पन्तले ३८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५६ रन जोडे ।
    दिल्लीको सुरुवात गतिलो हुन सकेन । अघिल्लो खेलबाट ओपनिङ थालेका अलराउण्डर मार्कुस स्टोइनिङ पहिलो बलमै ट्रेन्ट बोल्टको बलमा विकेटकिपर क्विन्टन डे ककबाट क्याचआउट भए ।

    तेस्रो ओभरको चौथो बलमा बोल्टले अजिन्का रहानेलाई पनि डे ककबाटै क्याच आउट गराए । राहुल चाहरको स्थानमा फाइनलमा मौका पाएका जयन्त यादवले आफ्नो पहिलो ओभरमै दिल्लीका मुख्य ब्याट्मसयान शिखर धवनलाई बोल्ड गरे । १५ रन बनाएर धवन आउट हुँद दिल्ली ३.३ ओभरमा २२–३ को अवस्थामा पुगेको थियो । दिल्लीको इनिङ्स उकास्न कप्तान श्रेयास र ऋषभले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे ।

    मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ४ ओभरमा २८ रन खर्चेका जसप्रित बुमराह विकेटविहिन बने ।

    दिल्लीले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो। मुम्बईका ट्रेन्ट बोल्टले ३ र नाथन कुल्टर नाइलले दुई विकेट लिए। जयन्त यादबको नाममा एक विकेट रह्यो। पहिलोपटक सन् २०१० को संस्करणमा फाइनल पुगेको मुम्बई त्यतिबेला पराजित भएपनि त्यसयताका पाँचवटै फाइनल यात्रामा उसले उपाधि जितेको छ।

    अहिलेसम्मको विजेताहरु
    २००८ : राजस्थान रोएल्स
    २००९ : डेक्कन चार्जर्स
    २०१० : चेन्नाई सुपर किंग्स
    २०११ : चेन्नाई सुपर किंग्स
    २०१२ : कोलकता नाइट राइडर्स
    २०१३ : मुम्बई इन्डियन्स
    २०१४ : कोलकता नाइट राइडर्स
    २०१५ : मुम्बई इन्डियन्स
    २०१६ : सनराइजर्स हैदरावाद
    २०१७ : मुम्बई इन्डियन्स
    २०१८ : चेन्नाई सुपर किंग्स
    २०१९ : मुम्बई इन्डियन्स
    २०२० : मुम्बई इन्डियन्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑