• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोलकातालाई हराउँदै पन्जाब चौथो स्थानमा उक्लियो

  • वीरगंज संजाल
  • Oct 27, 2020, 6:18 am
  • २३०१

    एजेन्सी  | क्रिस गेल र मन्दीप सिंहको अर्धशतकसँगै किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

    कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पन्जाबको जितमा ओपनर मन्दीप सिंहले अविजित ६६ रन जोडे । उनले ५६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे ।

    मन्दीप र क्रिस गेलले दोस्रो विकेटका लागि १ सय रनको साझेदारी गरेपछि पन्जाब सहज जित हासिल गर्न सफल भएको हो । गेलले आक्रामक अर्धशतक प्रहार गर्ने क्रममा २९ बलमा ५१ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए ।

    त्यसअघि कप्तान केएल राहुल २८ रन जोड्दै पेभेलियन फर्किएका थिए । वरुण चक्रवर्तीको बलमा एलबीडब्लु आउट हुनुअघि उनले २५ बलमा ४ चौका प्रहार गरे । उनी आउट हुँदा टोली ४७-१ को स्थितिमा थियो । गेल १९ औं ओभरको पहिलो बलमा लोकी फर्गुसनको बलमा क्याच आउट भएपनि निकोलस पुरन २ रनमा नटआउट रहँदै जितसम्म डोर्याए ।

    त्यसअघि शारजाह क्रिकेट रंगशालामा पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो । खराब सुरुवात गरेको कोलकातालाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । ओपनर नितिश राना इनिङको दोस्रो बलमा नै गोल्डेन डक आउट भएका थिए । दोस्रो ओभरमा मोहमद शामीले राहुल त्रिपाठी र दिनेश कार्तिकलाई शून्यमा कट बिहाइन्ड गराएपछि कोलकाता १०-३ को दयनीय अवस्थामा पुगेको थियो ।

    कप्तान ओइन मोर्गन र शुभमनले चौथो विकेटका लागि ८१ रनको साझेदारी गर्दै इनिङ सम्हाले । मोर्गन २५ बलमा ५ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । उनी दशौं ओभरमा रवी विश्नोईको बलमा क्याच आउट हुन पुगे ।

    लगत्तै अर्को ओभरमा सुनिल नारायण ४ बलमा ६ रन जोड्दै क्रिस जोर्डनको बलमा बोल्ड भए । १५ औं ओभरमा कमलेश नगरकोटी १३ बलमा ६ रन जोड्दै मुरुगन आश्विनको बलमा बोल्ड हुन पुगे । अर्को ओभरमा कमिन्स ८ बलको सामना गर्दै मात्र १ रन जोड्दै विश्नोईको एलबीडब्लु धरापमा परे ।

    शुभमन ४५ बलमा ३ चौका र ४ छक्कासहित ५७ रन जोड्दै १९ औं ओभरमा पेभेलियन फर्किए । उनी शामीको बलमा ठूलो सट खेल्ने धुनमा पुरनको हातबाट समातिए । अन्त्यतिर लोकी फर्गुसनले आक्रामक ब्याटिङ गर्दा कोलकाता मध्यम योगफलसम्म पुगेको थियो । फर्गुसनले १३ बलमा ३ चौका र १ छक्काको मदतले अविजित २४ रन जोडे । वरुण चक्रवर्ती अन्तिम ओभरमा २ रन जोड्दै जोर्डनको बलमा बोल्ड भएका थिए ।

    पन्जाबका लागि मोहमद शामीले ३ विकेट लिँदा क्रिस जोर्डन र रवि विश्नोईले २-२ विकेट हात पारे । ग्लेन म्याक्स्वेल र मुरुगन आश्विनले १-१ विकेट हात पारे ।

    यस जितसँगै पन्जाब कोलकातालाई नै उछिन्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पन्जाब र कोलकाता दुवैको १२ खेलमा १२ अंक भएपनि नेट रनरेटमा पन्जाब अघि बढेको हो । मुम्बई, दिल्ली र बेंगलोर ११ खेलमा समान १४ अंकसहित क्रमश: शीर्ष तीन स्थानमा रहेका छन् । राजस्थानको १० अंक तथा हैदरावाद र चेन्नईको ८-८ अंक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑