वीरगंज | ३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडिबाट ५ जनालाई शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सुर्खेत भेरी गंगा नगरपालिका-२ बस्ने २५ बर्षको सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका-५ बस्ने १८ वर्षीय सुरेन्द्र श्रेण्ठ र १९ वर्षीय प्रमोद बाँस्कोटा, काभ्रे नमोबुद्ध नगरपालिका–८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहट चन्द्रनिगाहपुर नगरपालिका–३ बस्ने १८ वर्षीय रुपेश तिमल्सिना रहेका छन्।
उनीहरुको साथमा रहेको पहेँलो रंगको दुर्लभ कछुवा पनि बरामद गरिएको छ। अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ।